समाचार

शारीरिक सम्बन्धको आरोप लागेपछि शिक्षिकाले गरिन् आफ्नै विद्यार्थीसँग विवाह

अमेरिकाकी एक जना शिक्षिकाले आफ्नै विद्यार्थीसँग यौन दुव्यवहारको आरोप लागेपछि सोही विद्यार्थीसँग विवाह गर्नुपरेको छ ।अमेरिकाको मिसौरी राज्यकी २६ वर्षीया शिक्षिका बेली टर्नरले आफूभन्दा कान्छो विद्यार्थीसँग शारीरिक सम्बन्ध राखेको आरोप लागेपछि उनले ती विद्यार्थीसँग विवाह गर्नुपर्ने बाध्यता आइलागेको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् ।

विद्यार्थीका तर्फबाट बेलीका विरुद्ध अदालतमा मुद्धा परेको थियो । उनले विद्यार्थीसँग यौन दुव्यवहार गरेको स्वीकारेपछि सो मुद्धा फिर्ता लिइएको छ । त्यसपछि उनीहरुको हालै विवाह भएको हो । बेलीको शिक्षकको लाइसेन्स खारेज गरेर प्रहरीले उनलाई गिरफ्तार समेत गरेको गरेको थियो । त्यसपछि उनले आफूले पढाउने विद्यालयबाट राजीनामा समेत दिनुपरेको थियो ।

उनले सन् २०१९ को जनवरीमा आफ्नै घरमा ती छात्रसँग शारीरिक सम्बन्ध राखेकी थिइन् । अमेरिकी पत्रिका द जोप्लिन ग्लोबका अनुसार शिक्षिका र ती छात्र अब श्रीमान र श्रीमतीको रुपमा बस्नेछन् । उनीहरुको विवाह हालसालै भएको भनिएपनि कुन महिनामा भएको भन्ने कुरा समाचारमा खुलाइएको छैन ।

अब ती शिक्षिका माथि लागेको यौन दुव्यवहारको मुद्धा भने अहिले सकिएको छ । पिडीत छात्रले मुद्धा फिर्ता लिएर बेलीसँग विवाह गरेपछि मुद्धा सल्टिएको हो ।

Related Articles

Back to top button