समाचार

जयनन्द लामालाई सम्झदै ‘प्रचण्ड’ले लेखे यस्तो भाबुक पोस्ट

काठमाडौं :

वरिष्ठ लोक गायक तथा कलाकार जयनन्द लामाको निधनप्रति नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दुःख व्यक्त गरेका छन्।

कलाकार लामाको मंगलवार राति भक्तपुरस्थित कौशलटारमा निधन भएको हो। अध्यक्ष प्रचण्डले लामाको निधनमा दुखित भएको बताउँदै उनका गीतहरू सधैं नेपालीहरूको ओठमा बसिरहने बताएका छन्।

लामासँगको फोटो राखेर उनले फेसबुकमा लेखेका छन्, ‘आफ्नो उत्कृष्ट कला पस्केर नेपाली श्रोता अनि दर्शकलाई मनोरञ्जन प्रदान गर्नुहुने चर्चित गायक एवं चरित्र अभिनेता जयनन्द लामाको निधनको खबरले दुखित छु।’

अध्यक्ष प्रचण्डले लामाका चर्चित गीतहरू उल्लेख गर्दै ती गीतहरु नेपालीमाझ सधैं बसिरहने बताएका छन्। उनले लेखेका छन्‚ ‘लोकप्रिय कलाकार लामा भौतिक रुपमा नरहे पनि कल्कत्ते काँईयो, चुँई चुँई चुँईकने जुत्ता, के को साँचोजस्ता अनगिन्ती गीतहरू सधै ओठहरूमा बसिरहने उल्लेख गरेका छन्। ’

राति एक कार्यक्रममा सहभागी भएर घर फर्किएका लामा गाडीबाट झर्ने बेला ल-डे-का थिए। सिन्धुपाल्चोकको बाह्रविसे नगरपालिका २ धार्पाका लामा दर्जनौं लोकप्रिय लोकगीत संकलन तथा गाएका छन्। उनले दर्जनौं नेपाली चलचित्रमा अभिनय गरेका छन्।

Related Articles

Back to top button