समाचार

पल शाहको अडानमा कति छ सत्यता ? के उक्त भाइरल अडियो साँच्चिकै पल शाहको होइन

काठमाडौं । पछिल्लो समय विवादमा परेका नायक पल शाहले केही अनलाइनहरुमा प्रकाशित समाचारको अडियोमा आफ्नो आवाज नभएको बताएका छन् ।‘अनलाईन माध्यमहरुमा प्रकाशित समाचार र अडियो रेकर्डहरु हेर्दा र सुन्दा म स्वयं आश्चर्यचकित भएको छु । प्रसारित अडियो रेकर्डमा बज्ने आवाज मेरो आवाजसंग मिलेको जस्तो भएतापनि उक्त आवज मेरो हो भन्नेमा पुर्ण शंका रहेको, प्रविधिको कुटिल प्रयोग मार्फत जस्तोसुकै र जोसुकैको आवाजलाई भिन्न भिन्न ढंगबाट प्रयोग गर्न सकिने कुरा सामान्य भईसकेको छ ।’ पलले सामाजिक सञ्जाल फेशबुकमा लेख्दै भनेका छन् ।

फरक प्रसंग तथा चलचित्रमा अभिनय गर्ने भन्ने क्रममा रेकर्ड गरिएका सम्वादहरुलाई हाम्रो बास्तविक जिवनसँग जोड्ने प्रयासमा रहेका केहि पुरुष सहकर्मी ९व्यवसायीक प्रतिस्पर्धि०ले गायिकालाई आफु विरुद्ध बोल्न लगाएको उनको भनाई छ ।राजधानि दैनिकमा खबर छ ।

‘गायिकालाई मेरा विरुद्ध बोल्न, प्रमाण सिर्जना गर्न लगातार उकास्ने गरेको जानकारी मलाई थियो, निर्दोष गायिकाले मेरा पुरुष सहकर्मीहरुले उकासे बमोजिम नै गर्दै गएको भन्ने कुरा पछिल्लो मिडिया रिर्पोटले थप पुष्टि गरेको छ ।’ उनले भनेका छन् ।
पछिल्लो समय गायिका समिक्षा अधिकारीको सम्बन्धका कारण उनी विवादमा आएका छन् ।पल शाहले सामाजिक सञ्जालमा दिएको स्पष्टिकरण यस्तो छ

Related Articles

Back to top button