समाचार

घुँगी खोज्न भनि निकुञ्ज छिरेका एक चेपाङ पुरुषको सैनिकको कु’टाइबाट मृ’त्यु(भिडियो हेर्नुस)

चितवन राष्ट्रिय निकुञ्जभित्र घुँगी खोजकै नि”हुँमा या”त”ना दिएर एक चेपाङ युबकलाई ह”त्या गर्ने सैनिकलाई जन्मकैदको स”जा”य भएको छ । राप्ती नगरपालिका २ मिलन टोलका राजकुमार चेपाङ्गलाई कु”ट”पि”ट गर्ने सैनिकलाई उच्च अदालत पाटन हेटौडाको इजलासले जन्म कै”द”को स”जा”य सुनाएको छ । सैनिकको कु”टा”इले राजकुमारले ज्या”न गु”मा”ए”का थिए ।

पाटन उच्च अदालतको हेटौंडा इजलासका न्यायाधीशद्वय चण्डीराज ढकाल र नागेन्द्रलाल कर्णको इजलासले नेपाली सेनाको सिक्किबक्स गणका चिरणकुमार बुढालाई जन्मकैदको सजाय गर्ने फैसला गरेको हो । निकुञ्जभित्र सेनाको या”त”नाबाट ग”म्भी”र घाइतेका राजकुमार चेपाङको २०७८ साल साउन ८ मा उपचारको क्रममा अस्पतालमा मृ”त्यु भएको थियो ।

उक्त मुद्दामा यसअघि जिल्ला अदालतले गत असार २८ गते बुढालाई नौ महिना कै”द, नौ हजार ज”रि”वा”ना र मृतकको परिवारलाई दुई लाख रुपैयाँ क्षतीपुर्ती भराउने फैसल गरेको थियो । त्यसपछि पिडित पक्षको तर्फबाट उच्च सरकारि वकिलको कार्यलय हेटौडाले पुनराबेदन गरेको थियो । नौ महिना स”जा”य हुनेगरी क”सु”र ठहर गरेकोले जागिर गुमाउन पुगेका बुढाले पनि उच्च अदालतमा पुनराबेदन गरेक थिए ।

दुबैतर्फको पुनराबेदनमा उच्च अदालतले जिल्ला अदालतको फैसला उ”ल्ट्या”उ”दै पि”डि”तको मागअनुसार बुढालाई जन्मकैदको स”जा”य हुनेगरी फैसला गरेको उच्च सरकारी वकिल कार्यलय हेटौंडाले जनाएको छ । २०७८ श्रावण १ मा मिलनटोलका २७ बर्षिय राजकुमार सहित सातजना घुँगी खोज्न गएकोमा दुई महिलालाई केही नगरेपनी पाँच पुरुषलाई भने निकुञ्ज सुरक्षार्थ खटिएका चिरणकुमार लगायतको टोलिले दिनभर ढेडुखोलामा सुताएर कु”ट”पि”ट गरेका थिए ।

बाँकी हेर्नुस तलको भिडियोमा

Related Articles

Back to top button