समाचार

सिला आलेको छोरासँग रियाको भयो धुमधाम बिहे,छोरीलाई अन्माएको सम्झिदा रती बनिन् भाबुक,छोरी छिट्टै र्फक, (भिडियो सहित हेर्नुस)

पछिल्लो समय नेपाली साङ्गितिक बजारमा एकपछी अर्को गरि लगातार गीतहरु आइरहेका छन । यसै गरि लन्ठु दोहोरिबाट एकाएक चर्चामा आएका चर्चित दोहोरि गाएक चिज गुरुङको ‘सान्नानीको गालैमा कोठी’ बोलको गीत सार्वजनिक भएको छ । यति बेला चिज गुरुङको गीतले चर्चा बटुल्ने क्रममा रहेको छ ।

गीतमा महिलाको गालामा रहेको कोठीको एकदमै धेरै प्रसंसा गरिएको छ। गीतमा माया पिरतीका कुराहरुलाई पर्दा मार्फत गीतको भाब ब्यक्त गरेका छन । केही समय यतालाई हेर्ने हो भने माया प्रेमका गीत सर्बाधिक चर्चामा रहन सफल भएका छन ।गीतको अडियोसंगै भिडियो पनि आकर्षक बनेको छ।गीतको अडियो मनछुने छ।

‘ सान्नानीको गालैमा कोठी ‘बोलको गीतमा गीतकार एबम् बहुचर्चित लोकप्रिय गायक बसन्त थापाको संगीत तथा शब्द रचना नवराज पन्तको रहेको छ । भिडियोमा नरेश भिर सिंह र नम्रता सापकोटा संगै बसन्त थापाको दमदार अभिनय रहेको छ । सार्वजनिक भिडियोको निर्देशन दीपक सिंहले गरेका हुन्। भिडियोको सम्पादन बिकाश ज्ञवाली, छायांकन अजय रेग्मीको रहेको छ।

भिडियो चिज गुरुङ को अफिसियल यु ट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ

Related Articles

Back to top button