समाचार

एक रेष्टुरेन्टमा ७ महिनादेखि बन्धक तीन किशोरीको उद्धार

धनगढीमा एक रेष्टुरेन्टमा ७ महिनादेखि बन्धक तीन किशोरीको उद्धार
रोचक

धनगढीमा एक रेष्टुरेन्टमा ७ महिनादेखि बन्धक तीन किशोरीको उद्धार
धनगढी। धनगढीको एक रेष्टुरेन्टमा ७ महिनादेखि बन्धक तीन जना किशोरीको उद्धार गरिएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीले धनगढी उप-महानगरपालिका ४ रातोपुलमा रहेको टिनटिन बार एण्ड रेष्टुरेन्टमा छापा मारेको छ ।

बारमा तीन किशोरीलाई सात महिनादेखि बन्धक बनाएर राखेको गुनासो प्रहरीले उक्त बारमा छापा मारेको हो । रेष्टुरेन्टका सञ्चालनले आफू बाहिर जाँदा ताला लगाएर जाने गरेको बुझिएको जिल्ला प्रहरी कार्यालय कैलाली जनाएको छ ।

त्यहाँ बन्धक बनाएर राखेका तीन जना किशोरीको प्रहरीले उद्धार उद्धार गरेको छ ।जिल्ला प्रहरी कार्यालय कैलालीबाट डिएसपी प्रविन विष्टको कमाण्डमा खटिएको प्रहरी टोलीले उनीहरुको उद्धार गरेको हो ।

काठमाडौं । सानै उमेरमा अर्बपति भएकी एक महिलाको अल्पायूमा नै निधन भएको छ । सोशल कम्युनिटी प्लेटफर्म ‘पंखुडी’ र घर भाडामा दिने स्टार्टअप ‘ग्राभहाउस’ जस्ता स्टार्टअपकी संस्थापक पंखुडी श्रीवास्तवको निधन भएको हो ।

झाँसीमा जन्मिएकी ३२ वर्षीया अर्बपति उद्यमी महिला पंखुडी श्रीवास्तवको मृत्युको खबरले सबैलाई स्तब्ध बनाएको छ । पंखुरी श्रीवास्तवको हृदयघातका कारण निधन भएको हो । उनी कम्पनीको प्रमुख कार्यकारी अधिकृत थिइन् ।

क्मपनीले ट्विटरमा जारी गरेको शोक सन्देशमा भनिएको छ, ‘हाम्रो कम्पनीको प्रमुख कार्यकारी अधिकृत पंखुडी श्रीवास्तवको २४ डिसेम्बरमा अचानक हृदयघातका कारण निधन भयो ।’ उनका बुबा र कान्छो भाइ बेङ्गलोरमा छन् ।

डिसेम्बर २४ मा हृदयघातका कारण उनको निधन भएको थियो । शवलाई झाँसी ल्याइयो र २६ डिसेम्बरमा अन्तिम संस्कार गरियो । पंखुडी श्रीवास्तवले आफ्नो बाल्यकालका साथी, काजू व्यवसायी आदित्यराज शर्मासँग २ डिसेम्बर २०२० मा झाँसी नजिकैको ओरछाको एउटा होटलमा विवाह गरेकी थिइन् । २ डिसेम्बर, २०२१ उनको विवाहको पहिलो वार्षिकोत्सव थियो ।

Related Articles

Back to top button