समाचार

चार बो तल वा इन पि एर प्रेमिकासँग रोमान्टिक डिनर, १८ हजारको बिल आएपछि फ रार

नयाँ दिल्ली :
डेटमा गएको एकजोडीले १८ हजारको बिल तिर्नुपर्ने भएपछि फरार भएको घटना बाहिरिएको छ। बेलायतको नर्थ योर्कशायरमा भ्यालेन्टाइन डेमा सो जोडी पबमा रोमान्टिक डेटमा गएको थियो। दुवैजनाले खाना खाएको र म’ दि’ रा पि’ ए’को स’मेत गरी करिब १८ हजार रुपैयाँको बील आयो । आफैले खाएको खानाको बिल ति’र्नुको सट्टा उनीहरु पैसा नदिएर भागे । त्यसपछि रेस्टुरेन्ट मालिकले फेसबुकको मद्दत लिएर जोडिको बिल सार्वजनिक गरिदियो।

उनीहरुले रोमान्टिक डेटको लागि टेबल बुक गरेका थिए। तर बिल भने तिरेनन्। पछि पबले बील तोकिएको समयमा बुझाउन पनि निर्देशन दियो । यो जानकारी प्रहरीलाई पनि दिइएको छ। योसँगै सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले पब मालिकसँग यस जोडीको सीसीटीभी फुटेज सार्वजनिक गर्न माग गरेका समेत छन् । ‘द मिल’ नामक पबले यो जोडीको बिल सार्वजनिक गरेको हो ।

उनीहरुले थाइ ग्रीन करी, ४ वटा वा इन र अन्य सामान लिएका थिए । तर, उक्त बिलमा नाम भने थिएन । पछि पबको तर्फबाट यो बिल १६ फेब्रुअरीमा एक महिलाले तिरिदिएको बताएको थियो । ती महिला युवककै प्रेमिका भएको अनुमान गरिएको छ । सोही क्रममा पबका कर्मचारीले पनि सम्बन्धित व्यक्तिलाई स म्पर्क गरेको बताइएको छ । तर, ती व्यक्तिले आफूसँग पैसा र तलब नभएको जवाफ दिएका थिए।

अमेरिकी सहयोग परियोजना ज्यान गए पनि संसदमा पेश हुन नदिने अडान लिएका सभामुख रातारात युटर्न हुनुको रहस्य बाहिरिएको छ । उनले आफ्ना छोराको भाग्य चम्काउन ब्याक भएको खुलासा भएको हो ।

एमसीसी प्रस्ताव प्रतिनिधि सभामापेस गर्न दिए वापत रुपक सापकोटा राजदूत बन्ने अवस्था सिर्जना भएको छ । रुपक सापकोटा सभामुख अग्निप्रसाद सापकोटाका छोरा हुन् । अग्निप्रसादले छोरा रुपकलाई चीनको राजदूत बनाउन प्रयास गर्दै आएका छन् ।

मन्त्रिपरिषद्ले अमेरिका, बेतायत र भारतको राजदूत नियुक्तिको निर्णय गरिसकेको छ । तीनवटै देशको भाग कांग्रेसलाई परेको छ ।कांग्रेसले भारतका लागि डा। शंकर शर्मा, अमेरिकाका लागि श्रीधर खत्री र बेलायतका लागि ज्ञानचन्द्र आचार्यलाई राजदूत सिफारिस गरेको थियो । सोही अनुसार मन्त्रिपरिषद्ले निर्णय गरेको हो ।

जानकार स्रोतका अनुसार माओवादीको भागमा चीनको राजदूत पद परेको छ । सभामुख सापकोटाको छोरालाई राजदूत बनाउन माओवादी अध्यक्ष प्रचण्ड सहमत भइसकेका छन् तर प्रधानमन्त्री शेरबहादुर देउवाले ‘अनुभव विहीन र कम उमेरको’ भन्दै आनाकानी गरिरहनुभएको थियो ।राजदूत बन्नका लागिरुपक सापकोटाले परराष्ट्र मामिला अध्यान प्रतिष्ठानको उप–कार्यकारी निर्देशक पदबाट राजीनामा दिइसकेका छन् । छोरा रुपकलाई सो पदमा पनि बुवा अग्निप्रसादले नै पुराएका हुन् ।

तर, अब भने रुपकलाई राजदूत सिफारिस गर्नै पर्ने भएको छ । जानकार स्रोतहरुका अनुसार छोरा रुपकलाई चीनको राजदूत बनाउन नसके पनि कुनै देशको राजदूत बनाउनुपर्ने अग्निप्रसादको द वाब छ ।

Related Articles

Back to top button