समाचार

प्रहरी कु टा इ खा एर भागेका छन् प्रहरीमाथि ढुंगा न हान भन्ने कोही छैनन्

काठमाडौं-प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष केपी ओलीले केही दिनयता काठमाडौंको सडकमा भएका एमसीसीवि रुद्धको आन्दोलनप्रति आ क्रो श व्यक्त गरेका छन् । काठमाडौंको चन्द्रागिरी नगरपालिका–१ दहचोकस्थित काजी कालु पाँडेको समाधिस्थलमा सोमबार कविता वाचन कार्यक्रमलाई सम्बोधन गर्दै उनले सरकारमा रहेका क्रा न्ति कारीहरुले सडक भत्काएर सुरक्षाकर्मीमाथि आ क्र म ण मा उत्रिएको बताए ।

आफूमाथि ढुंगामुढा गर्नेमाथि प्रतिकार गर्ने आदेश नहुँदा सुरक्षाकर्मी भागेको भन्दै उनले सरकारमा रहेर सडकमा प्रदर्शन गर्ने र प्रहरीमाथि ईटा प्रहार गरेकोमा आ क्रो श व्यक्त गरे ।‘हिजो मैले देखेँ । तीन चार सय मान्छे सडकमा छन् । दुई हजार, २५ सय पुलिस छन् । ढाल बोकेर पुलिस छेकिएर बस्या छ । अगाडिबाट ढुं गा हा नेका छन् । १५ जनाले ढुंगा हान्छ, डेढ सय पुलिस लुकेर बस्नुपरेको छ, किनकि लाठी चलाउने आदेश छैन उसलाई ।

टिएर ग्यास हान्ने आदेश छैन । केही गर्ने पनि आदेश छैनन् । पानी फोहोरा हान्न जान्छ ट्यांकर । तर, ढुंगा हान्न थालेपछि ब्याक गिएर लगाएर पछि सर्दै भाग्छ । त्यो हान्न सक्दैन, किन भने कोही घाइते भयो भने ट्यांकर चलाउनेको जागिर जान सक्छ,’ अध्यक्ष ओलीले भने, ‘पुलिसहरू घाइते भएका छन् । आज बिहान मैले गृहमन्त्रीलाई भनेँ– तपाइँहरूले पुलिसलाई किन सडकमा पठाउनुहुन्छ ? सत्ताधारी गुटले, शासकहरुले नै सडकमा ढुंगा हान्न मान्छे पठाएका छन् ।’

सडक भत्काएर प्रहरीमाथि ढुंगा हा नेकालाई कसैले नरोकेको भन्दै उनले एमसीसीको वि रोधमा उत्रिएको माओवादी केन्द्र र उसका भ्रातृ संगठनप्रति इंगित गर्दै वि रोध गरे ।

‘कत्रो मिहेनत र कति खर्च गरेर बाटो बनाएको हुन्छ । ति बाटो भत्काइएको छ । तपाइँहरुले देख्नुभयो होला बाटो भत्काएको, सरकारमा हुने क्रा न्ति कारीहरु बाटो बनाउनुपर्ने ठाउँमा भत्काएका छन् । बाटो नभत्कायो भन्ने कोही छैनन् । कस्तो सरकार हो ? अनि प्रहरीमाथि ढुं गा हा नेका छन् । बाटो नभत्कायो, प्रहरीमाथि ढुं गा न हान भन्ने कोही छैनन् । प्रहरी कु टा इ खाएर भागेका छन् । खुट्टा भाँचिन लागिसक्यो अनि प्रहरी भाग्नुपरेन,’ अध्यक्ष ओलीले भने, ‘मैले गृहमन्त्रीलाई सोधेँ– के आदेश थियो ? काँचो ढुं गा हा न्ने मात्रै आदेश थियो ? पकाएको इँटा मात्र हान्ने आदेश थियो ? के के आदेश थियो ?’

Related Articles

Back to top button