समाचार

मोटरसाइकल दुर्घटनामा गम्भीर घाइते भएका ३० वर्षीय इन्जिनियर दिपक ढुंगानाको अस्पताल लैजाने क्रममा बाटैमा मृ त्यु

खोटाङ – खोटाङमा मोटरसाइकल दुर्घटनामा गम्भीर घाइते इन्जिनियरको मृत्यु भएको छ । मोटरसाइकल दुर्घटनामा परी गम्भीर घाइते बनेका रावाबेँसी गाउँपालिकामा कार्यरत ३० वर्षीय इन्जिनियर दिपक ढुंगानाको अस्पताल लैजाने क्रममा शनिबार राति बाटैमा मृत्यु भएको हो ।

ऐसेलुखर्क गाउँपालिका-७ माक्पा घर भएका स्टाफको बहिनीको बिहेमा गएर फर्कने क्रममा प्रदेश ३-०-२-००७ प ५३३३ नम्बरको बाइकबाट सडकभन्दा करिब २५० मिटर तल खसेका इन्जिनियर ढुंगानाको एम्बुलेन्सबाट काठमाडाैं लैजाने क्रममा हलेसी तुवाचुङ नगरपालिका-३ च्यास्मीटारको बोझेओढार पुगेपछि राति १२ बजे मृ त्यु भएको रावाबेँसी गाउँपालिका अध्यक्ष लीलानाथ निरौलाले बताए ।

ऐसेलुखर्क गाउँपालिकाका हुलास गुरुङले चलाएको बाइकको पछाडि बसेको अवस्थामा माक्पाको बाक्चुवा भीरबाट खसेका ढुंगानाको टाउको र छातीमा गहिरो चोट लागेको थियो । गम्भीर घाइते भएका इन्जिनियर ढुंगानालाई स्वास्थ्यचौकी माक्पामा प्राथमिक उपचार गरेपछि हेलिकोप्टरबाट काठमाडाैं लैजाने प्रयास भए पनि रात परेकाले असम्भव भएको गाउँपालिका अध्यक्ष निरौलाले बताए ।

इन्जिनियर ढुंगाना आफ्नो बाइक अर्कैलाई चलाउन दिएर गुरुङको पछि बसेर गाउँपालिका फर्कनेक्रममा दुर्घटनामा परेका हुन् । गुरुङलाई बाइकसहित नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी उमेश लम्सालले बताए । चितवनको भरतपुर महानगरपालिका-६ जगतपुरका ढुंगाना दुई महिनाअघि मात्र इन्जिनियरका रूपमा रावाबेँसी गाउँपालिका आइपुगेका थिए । चितवनबाट आफन्त आएपछि पोष्टमार्टम गरेर शव बुझाउने***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल??? क्लिक गर्नुहोला *****

काठमाडौ । यदि तपाईले आफ्ना साना छोराछोरीलाई सुनका मुन्द्रा वा अन्य गहना लगाइदिने गर्नु भएको छ भने उनीहरुलाई तपाई आफै जोखिममा पार्दै हुनुहुन्छ । उपत्यकाको प्रहरीले बालबालिकालाई सुनका गहना नलगाइदिन आग्रह गरेको छ ।

हालै काठमाडौंमा ३ वर्षीय नाबालकको कानको सुनको मुन्द्रा लुटेको र लुटेको मुन्द्रा किनेको आरोपमा २ जना पक्राउ परेका छन् ।

बालबालिकाका सुनका गहना लुट्ने र ति गहना किन्ने समुह नै काठमाडौमा सकृय रहेको देखिन्छ । त्यसैले प्रहरीले यस्तो आग्रह गरेको हो । प्रहरीले पक्राउ गरेकाहरुमा मुन्द्रा लुट्ने गोकर्णश्वर नगरपालिका–४ का ३८ वर्षीय नारायण श्रेष्ठ र लुटेको मुन्द्रा किन्ने मोरङ पथरी शनिश्चरे नगरपालिका–८ का ३० वर्षीय राज कुमार बराइली छन् ।

उनीहरुले काठमाडौं महानगरपालिका–६ बौद्धबाट गत माघ ८ गते काठमाडौं महानगरपालिका–६ पाटिटारस्थित तरकारी बजारमा तरकारी पसल सञ्चालन गर्दै आएकी महिलाको ३ वर्षीय नाबालक छोरालाई चक्लेट दिई आफूलाई मामा हुँ भनी फकाई फुल्याई कानमा लगाएको अन्दाजी २, २ आना गरी जम्मा अन्दाजी ४ आना बराबरको सुनको मुन्द्रा लुटेका प्रहरीले जनाएको छ ।

Related Articles

Back to top button