समाचार

करिब २५ हजार लुहान्स्क बासिन्दाहरू रूसको सीमा पारि पुगे

किभ [युक्रेन], ], ७ फागुन: डोनबासमा हिंसा बढ्न थालेपछि करिब २५,००० लुहान्स्क बासिन्दाहरूले रूसको सीमा पार गरिसकेका छन् । आपतकालीन मन्त्रालयका प्रवक्ताले शनिबार जनाएअनुसार एलपिआर र स्वयं-घोषित डोनेट्स्क जनवादी गणतन्त्र (डिपिआर) ले सम्पर्क लाइनमा तनाव बढ्दै गएपछि आफ्ना नागरिकहरूलाई रूसको रोस्तोभ क्षेत्रमा सार्ने घोषणा गरेका हुन् ।

करिब २५,००० नागरिकहरूले सीमा पार गरेका छन्,” प्रवक्ताले रूसी कार्यवाहक आपतकालीन मन्त्रीलाई बताएअनुसार ती व्यक्तिहरू निजी सवारी साधन प्रयोग गरी सीमा पार गरेका हुन् । प्रवक्ताले अहिले करिब १०,००० शरणार्थीहरू सीमा पार गर्ने तयारीमा रहेको पनि उल्लेख गरेका छन्

Related Articles

Back to top button