समाचार

करेन्ट लागेर दाजुभाइको मृत्यु

पाल्पाको तिनाउ गाउँपालिकामा करेन्ट लागेर दाजुभाइको मृत्यु भएको छ । माछा मार्ने क्रममा तिनाउ–२ खुलखुलेका २० वर्षीय सुरज सुनार र उनका भाइ १४ वर्षीय राकेश सुनारको करेन्ट लागेर मृत्यु भएको हो ।

बिहीबार साँझ करिब ७ बजेको समयमा तिनाउ–२ स्थित दोभान खोलामा माछा मार्ने क्रममा दाजुभाइको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

स्थानीय तिनाउ–१ बेलदमार बस्ने पदमबहादुर चिदीको घरबाट तार जोडेर माछा मार्ने क्रममा दाजुभाइलाई करेन्ट लाग्दा घटनास्थलमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक रामेश्वर त्वातीले बताए । घटनाका सम्बन्धमा अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

धादिङ सदरमुकाम धादिङबेसी जोड्ने कालु पाँडे राजमार्गमा शुक्रबार बिहान मोटरसाइकलको ठक्करबाट पूर्वप्रहरी निरीक्षकको मृत्यु भएको छ । मृत्यु हुनेमा पूर्व इन्सपेक्टर मुक्ति सिक्देल रहेका छन्।

राजमार्गको नलाङ बैरेनी खण्डमा मर्निङवाकमा रहेका सिक्देलको मोटरसाइकलको ठक्करबाट घटनास्थलमै उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

सिक्देललाई ठ’क्कर दिएर फरार रहेका सिद्धलेक-२ पात्लेका चालक लोकबहादुर मगरलाई प्रहरीले खानीखोलाबाट नियन्त्रण लिएको छ। मगर दुर्घटना लगत्तै आफूले चलाएको बा.अ.३४प ५०५२ नम्बरको मोटरसाइकल छा’डेर भा’गेका थिए। उनलाई पक्राउ गरेर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।

Related Articles

Back to top button