समाचार

भयावह दु र्घटनामा युरोपको माल्टामा नेपाली युवाको मृ त्यु [ भिडियो हेर्नुहोस् ]

माल्टा। युरोपको पर्यटकीय क्षेत्र माल्टामा रोजगारीका सिलसिलामा पुगेका नेपाली युवा अजय श्रेष्ठको सडक दु र्घटनामा परी नि धन भएको छ। फुड डेलिभरीको काम गर्ने गरेका श्रेष्ठको फेब्रुअरी १६ का दिन विहान कामको सिलसिलामा स्कूटरमा फुड डेलिभरी गर्ने क्रममै दु र्घटना भएको थियो। समाचारअनुसार, उनको घ टनास्थलमै मृ त्यु भएको थियो।

नेपालको नेपालगञ्ज स्थायी घर भएको २६ बर्षीय युवा श्रेष्ठ माल्टामा वल्ड नामक फुड डेलिभरी कम्पनीमा कार्यरत थिए। सो कम्पनीको एपमा खानाको अर्डर आउने र एपबाटै काम स्वीकार गरी तयारी खानामा अर्डरकर्ताको घर पुर्‍याउने काम श्रेष्ठले गर्दै आएका थिए।

विहान सवा ११ बजेतिर खाना खाने समयमा डेलिभरीको काममा निस्केका उनलाई माल्टाको अल्डो मोरो स्ट्रीटमा विपरीत दिशाबाट आएको एउटा ट्रकले दु र्घटना गराएको थियो। विपरीत दिशाबाट आएको ट्रक अनियन्त्रित भई रोड क्रस बारमा ठो क्किएको र विजुलीको पोल ठल्दा सो पोलले लागेर स्कूटरमा रहेका श्रेष्ठको मृ त्यु भएको थियो। (हेर्नुहोस् दु र्घटनास्थलको फोटो)

काठमाडौ । यदि तपाईले आफ्ना साना छोराछोरीलाई सुनका मुन्द्रा वा अन्य गहना लगाइदिने गर्नु भएको छ भने उनीहरुलाई तपाई आफै जोखिममा पार्दै हुनुहुन्छ । उपत्यकाको प्रहरीले बालबालिकालाई सुनका गहना नलगाइदिन आग्रह गरेको छ ।

हालै काठमाडौंमा ३ वर्षीय नाबालकको कानको सुनको मुन्द्रा लुटेको र लुटेको मुन्द्रा किनेको आरोपमा २ जना पक्राउ परेका छन् ।

बालबालिकाका सुनका गहना लुट्ने र ति गहना किन्ने समुह नै काठमाडौमा सकृय रहेको देखिन्छ । त्यसैले प्रहरीले यस्तो आग्रह गरेको हो । प्रहरीले पक्राउ गरेकाहरुमा मुन्द्रा लुट्ने गोकर्णश्वर नगरपालिका–४ का ३८ वर्षीय नारायण श्रेष्ठ र लुटेको मुन्द्रा किन्ने मोरङ पथरी शनिश्चरे नगरपालिका–८ का ३० वर्षीय राज कुमार बराइली छन् ।

उनीहरुले काठमाडौं महानगरपालिका–६ बौद्धबाट गत माघ ८ गते काठमाडौं महानगरपालिका–६ पाटिटारस्थित तरकारी बजारमा तरकारी पसल सञ्चालन गर्दै आएकी महिलाको ३ वर्षीय नाबालक छोरालाई चक्लेट दिई आफूलाई मामा हुँ भनी फकाई फुल्याई कानमा लगाएको अन्दाजी २, २ आना गरी जम्मा अन्दाजी ४ आना बराबरको सुनको मुन्द्रा लुटेका प्रहरीले जनाएको छ ।

Related Articles

Back to top button