समाचार

ध म्कि दिएको एक हप्ता नबित्दै अमेरिकाको अर्को ध म्कि, अनुदानको नाममा एक पैसा नदिने घोषणा !

काठमाडौँ । मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)सँगको सम्झौता फागुन १६ भित्र संसदबाट अनुमोदन नभए नेपाल र अमेरिकाको सम्बन्ध प्रभावित हुने चेतावनी अमेरिकाले दोहोर्‍याएको छ ।

अमेरिकी विदेश मन्त्रालयका प्रवक्ताले हिन्दूस्तान टाइम्ससँग कुराकानी गर्दै नेपालले नै दिएको डेडलाइनमा एमसीसी अनुमोदन हुनुपर्ने बताएका हुन् ।

‘एमसीसी संसदबाट अनुमोदन गर्ने वा नगर्ने नेपालको स्वेच्छिक र सार्वभौम विषय हो । तर, यसले द्विपक्षीय कूटनीतिक सम्बन्धमा प्रभाव पार्नेछ,’ अमेरिकी विदेश मन्त्रालयका प्रवक्ताले भनेका छन् ।

अमेरिकाले अनुदानमा दिने ५५ करोड अमेरिकी डलर (करीब ५५ अर्ब रूपैयाँ)को लागतमा अन्तरदेशीय प्रसारण लाइन र केही हुलाकी राजमार्ग बनाउने भनिएको छ । उक्त अनुदान सहयोगको परियोजना कार्यान्वयन गर्न एमसीसी सम्झौता संसदबाट अनुमोदन हुनुपर्ने प्रावधान सम्झौतामा छ ।

केही दिन अघि अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लूले नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई फोन गरेर नेपालले एमसीसी अनुमोदन नगरे सम्बन्धनमा पुनर्विचार गर्ने धम्की दिएका थिए ।

त्यसको एक साता नपुग्दै अर्का अमेरिकी अधिकारीले उस्तै धम्की दोहोर्‍याएका हुन् । प्रवक्ताले भनेका छन्, ‘बाह्य मुलुकको प्रभाव र भ्रष्टाचारका कारण नेपालमा एमसीसी सम्झौता संसदबाट अनुमोदन हुन नसकेको हो भने त्यो अमेरिकाका लागि दुःखदायी विषय हुनेछ । नेपाली जनताका लागि यो क्षतिको विषय हो ।

Related Articles

Back to top button