समाचार

पोखराको सेतीनदी खोंचमा ख सेका तामाङको सकुशल उद्धार

पोखरा । पोखराको सेती नदी खोंचमा ख सेका एक जनाको बुधबार सकुशल उद्धार गरिएको छ ।

पोखरा महानगपालिका वडा नं. १५ ढुङ्गेसाँघुस्थित सेती नदीको खोँचमा ख सेका पोखरा १० अस्पतालचोक बस्ने सिन्धुपाल्चोकका ३७ वर्षका भीमबहादुर तामाङको सकुशल उद्धार गरिएको हो ।

खोंचमा ख सेर अ ड्कि एका तामाङको पाँच घण्टाको प्रयासमा सकुशल उद्धार गरिएको कास्की प्रहरी प्रवक्ता सुन्दर तिवारीले जानकारी दिए ।

नेपाली सेना, सशस्त्र प्रहरी बल नेपालबाट खटिएका उद्धार टोलीसँग समन्वय र सहकार्य गरी प्रहरी हवल्दार श्यामकान्त श्रीवास्तवको नेतृत्वमा प्रहरी जवानहरु गनकुमार खण्डलुक, दीपेन्द्र बोहोरा, कुमार थाल मगरले तामाङको सकुशल उद्धार गरेका हुन् ।

तामाङको हाल पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । उनी खोंचमा कसरी खसे भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ

काठमाडौ । यदि तपाईले आफ्ना साना छोराछोरीलाई सुनका मुन्द्रा वा अन्य गहना लगाइदिने गर्नु भएको छ भने उनीहरुलाई तपाई आफै जोखिममा पार्दै हुनुहुन्छ । उपत्यकाको प्रहरीले बालबालिकालाई सुनका गहना नलगाइदिन आग्रह गरेको छ ।

हालै काठमाडौंमा ३ वर्षीय नाबालकको कानको सुनको मुन्द्रा लुटेको र लुटेको मुन्द्रा किनेको आरोपमा २ जना पक्राउ परेका छन् ।

बालबालिकाका सुनका गहना लुट्ने र ति गहना किन्ने समुह नै काठमाडौमा सकृय रहेको देखिन्छ । त्यसैले प्रहरीले यस्तो आग्रह गरेको हो । प्रहरीले पक्राउ गरेकाहरुमा मुन्द्रा लुट्ने गोकर्णश्वर नगरपालिका–४ का ३८ वर्षीय नारायण श्रेष्ठ र लुटेको मुन्द्रा किन्ने मोरङ पथरी शनिश्चरे नगरपालिका–८ का ३० वर्षीय राज कुमार बराइली छन् ।

उनीहरुले काठमाडौं महानगरपालिका–६ बौद्धबाट गत माघ ८ गते काठमाडौं महानगरपालिका–६ पाटिटारस्थित तरकारी बजारमा तरकारी पसल सञ्चालन गर्दै आएकी महिलाको ३ वर्षीय नाबालक छोरालाई चक्लेट दिई आफूलाई मामा हुँ भनी फकाई फुल्याई कानमा लगाएको अन्दाजी २, २ आना गरी जम्मा अन्दाजी ४ आना बराबरको सुनको मुन्द्रा लुटेका प्रहरीले जनाएको छ ।

Related Articles

Back to top button