समाचार

एमसीसी वि रु द्धको प्रदर्शनमा विप्लव घाइते, एभरेष्ट अस्पतालमा उपचार हुँदै

काठमाडौ । मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) का कारण अहिले काठमाडौ तनावग्रस्त बनेको छ । काठमाडौको नयाँ बानेश्वरमा अहिले प्रदर्शन जारी छ । प्रदर्शनकारीले प्रहरी माथि ढुं गा वर्षाएका छन् भने प्रहरीले पानीको फो हरा हा नेको छ । दुई पक्षको झ ड पमा केही घाइते भएका छन् ।

एमसीसीको वि रो धमा काठमाडौंको वानेश्वर क्षेत्रमा हाल प्रदर्शन जारी छ। प्रदर्शनका क्रममा अनेरास्ववियूका नेता विप्लव खड्का घाइते भएका छन्। घाइते खड्काको एभरेस्ट हस्पिटलमा उपचार हुँदैछ।

काठमाडौ । यदि तपाईले आफ्ना साना छोराछोरीलाई सुनका मुन्द्रा वा अन्य गहना लगाइदिने गर्नु भएको छ भने उनीहरुलाई तपाई आफै जोखिममा पार्दै हुनुहुन्छ । उपत्यकाको प्रहरीले बालबालिकालाई सुनका गहना नलगाइदिन आग्रह गरेको छ ।

हालै काठमाडौंमा ३ वर्षीय नाबालकको कानको सुनको मुन्द्रा लुटेको र लुटेको मुन्द्रा किनेको आरोपमा २ जना पक्राउ परेका छन् ।

बालबालिकाका सुनका गहना लुट्ने र ति गहना किन्ने समुह नै काठमाडौमा सकृय रहेको देखिन्छ । त्यसैले प्रहरीले यस्तो आग्रह गरेको हो । प्रहरीले पक्राउ गरेकाहरुमा मुन्द्रा लुट्ने गोकर्णश्वर नगरपालिका–४ का ३८ वर्षीय नारायण श्रेष्ठ र लुटेको मुन्द्रा किन्ने मोरङ पथरी शनिश्चरे नगरपालिका–८ का ३० वर्षीय राज कुमार बराइली छन् ।

उनीहरुले काठमाडौं महानगरपालिका–६ बौद्धबाट गत माघ ८ गते काठमाडौं महानगरपालिका–६ पाटिटारस्थित तरकारी बजारमा तरकारी पसल सञ्चालन गर्दै आएकी महिलाको ३ वर्षीय नाबालक छोरालाई चक्लेट दिई आफूलाई मामा हुँ भनी फकाई फुल्याई कानमा लगाएको अन्दाजी २, २ आना गरी जम्मा अन्दाजी ४ आना बराबरको सुनको मुन्द्रा लुटेका प्रहरीले जनाएको छ ।

Related Articles

Back to top button