समाचार

बुधबार (भोली) संसदमा एमसीसी पेश हुने कुरामा प्रधानमन्त्री शेरबहादुर देउवा विश्वस्त- काँग्रेस महामन्त्री थापा

काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले बुधबार (भोली) संसदमा एमसीसी पेश हुने कुरामा प्रधानमन्त्री शेरबहादुर देउवा विश्वस्त रहेको बताउनु भएको छ ।

मंगलबार नयाँबानेश्वरस्थित संसद भवनमा आयोजित संसदीय दलको बैठकपछि सञ्चारकर्मीहरुसँगको कुराकानीमा महामन्त्री थापाले यस्तो बताउनु भएको हो । उहाँले बैठकका क्रममा पार्टी सभापति तथा प्रधानमन्त्री देउवाले एमसीसीको बारेमा नाफा घाटा नहेरी संसदबाट पारित गर्नुपर्छ भन्ने प्रश्तावलाई अघि बढाउने बताउनु भएको जानकारी दिनुभयो ।

महामन्त्री थापाले यसअघिको सरकारले गरेका कामको तिथिमिति स्मरण गर्दै मन्त्रीपरिषद्बाट पारित भएको प्रस्तावलाई संसदमा पेश गर्न लागिएको बताउनु भयो । उहाँले पार्टीले प्रतिपक्षमा रहँदा र सरकारमा रहँदा दोहोरो चरित्र नदेखाउने बताउँदै तत्कालीन नेकपा सरकार रहँदा मन्त्रीपरिषद्बाट गरिएको निर्णयमा नेकपा एमाले, माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीले सहयोग गर्ने विश्वास पनि प्रधानमन्त्रीले लिनुभएको बताउनु भयो ।

काठमाडौ । यदि तपाईले आफ्ना साना छोराछोरीलाई सुनका मुन्द्रा वा अन्य गहना लगाइदिने गर्नु भएको छ भने उनीहरुलाई तपाई आफै जोखिममा पार्दै हुनुहुन्छ । उपत्यकाको प्रहरीले बालबालिकालाई सुनका गहना नलगाइदिन आग्रह गरेको छ ।

हालै काठमाडौंमा ३ वर्षीय नाबालकको कानको सुनको मुन्द्रा लुटेको र लुटेको मुन्द्रा किनेको आरोपमा २ जना पक्राउ परेका छन् ।

बालबालिकाका सुनका गहना लुट्ने र ति गहना किन्ने समुह नै काठमाडौमा सकृय रहेको देखिन्छ । त्यसैले प्रहरीले यस्तो आग्रह गरेको हो । प्रहरीले पक्राउ गरेकाहरुमा मुन्द्रा लुट्ने गोकर्णश्वर नगरपालिका–४ का ३८ वर्षीय नारायण श्रेष्ठ र लुटेको मुन्द्रा किन्ने मोरङ पथरी शनिश्चरे नगरपालिका–८ का ३० वर्षीय राज कुमार बराइली छन् ।

उनीहरुले काठमाडौं महानगरपालिका–६ बौद्धबाट गत माघ ८ गते काठमाडौं महानगरपालिका–६ पाटिटारस्थित तरकारी बजारमा तरकारी पसल सञ्चालन गर्दै आएकी महिलाको ३ वर्षीय नाबालक छोरालाई चक्लेट दिई आफूलाई मामा हुँ भनी फकाई फुल्याई कानमा लगाएको अन्दाजी २, २ आना गरी जम्मा अन्दाजी ४ आना बराबरको सुनको मुन्द्रा लुटेका प्रहरीले जनाएको छ ।

Related Articles

Back to top button