समाचार

एक माथि अर्को गरी चारवटा अन्डा ठड्याएर नयाँ विश्व कीर्तिमान

यमनका एकजना पुरुषले चारवटा अन्डा लस्करै एक माथि अर्को ठड्याएर आफ्नै गिनिज वर्ल्ड रेकर्ड तोडेका छन् ।

यसअघि यसरी तीनवटा अन्डा ठड्याएर मोहमद मुकवेलले विश्व कीर्तिमान कायम गरेका थिए । उनले पछिल्लो प्रयास टर्कीको इस्तानबुलमा गरेका मुकवलले गिनिज वर्ल्ड रेकर्डसलाई भनेका छन्, “यो काम हेर्दा जति सजिलो देखिन्छ गर्नुपर्दा उत्तिकै गाह्रो छ ।

विश्वमा धेरैले यसरी अदभूत तरिकाले अन्डाको चुच्चो भागमा एकपछि अर्काे अन्डालाई जतनकासाथ सन्तुलनमा राख्न गरेका प्रयासहरू असफल भएका छन् । यस्तो काम गरेर देखाउन अत्यन्तै उच्चस्तरको एकाग्रताको आवश्यक पर्दछ । अन्डालाई सन्तुलनमा राख्न विशाल धैर्यता, शान्ति र ध्यान केन्द्रित गर्नसक्ने क्षमताको आवश्यक हुन्छ ।

सबैभन्दा कठिन काम भनेको अनौठो आकार र सतह भएको अन्डाको गुरुत्वको केन्द्र पत्ता लगाउनु हो ।”***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल??? क्लिक गर्नुहोला *****

काठमाडौ । यदि तपाईले आफ्ना साना छोराछोरीलाई सुनका मुन्द्रा वा अन्य गहना लगाइदिने गर्नु भएको छ भने उनीहरुलाई तपाई आफै जोखिममा पार्दै हुनुहुन्छ । उपत्यकाको प्रहरीले बालबालिकालाई सुनका गहना नलगाइदिन आग्रह गरेको छ ।

हालै काठमाडौंमा ३ वर्षीय नाबालकको कानको सुनको मुन्द्रा लुटेको र लुटेको मुन्द्रा किनेको आरोपमा २ जना पक्राउ परेका छन् ।

बालबालिकाका सुनका गहना लुट्ने र ति गहना किन्ने समुह नै काठमाडौमा सकृय रहेको देखिन्छ । त्यसैले प्रहरीले यस्तो आग्रह गरेको हो । प्रहरीले पक्राउ गरेकाहरुमा मुन्द्रा लुट्ने गोकर्णश्वर नगरपालिका–४ का ३८ वर्षीय नारायण श्रेष्ठ र लुटेको मुन्द्रा किन्ने मोरङ पथरी शनिश्चरे नगरपालिका–८ का ३० वर्षीय राज कुमार बराइली छन् ।

उनीहरुले काठमाडौं महानगरपालिका–६ बौद्धबाट गत माघ ८ गते काठमाडौं महानगरपालिका–६ पाटिटारस्थित तरकारी बजारमा तरकारी पसल सञ्चालन गर्दै आएकी महिलाको ३ वर्षीय नाबालक छोरालाई चक्लेट दिई आफूलाई मामा हुँ भनी फकाई फुल्याई कानमा लगाएको अन्दाजी २, २ आना गरी जम्मा अन्दाजी ४ आना बराबरको सुनको मुन्द्रा लुटेका प्रहरीले जनाएको छ ।

Related Articles

Back to top button