समाचार

आज लुम्बिनी प्रदेशमा सार्वजनिक बिदा

काठमाडौं, फागुन ३ । लुम्बिनी प्रदेश सरकारले आज मंगलबार आफ्नो प्रदेश स्थापना दिवस मनाउँदै छ । प्रदेशको स्थायी राजधानी दाङमा स्थापना दिवस मनाउन लागिएको हो । प्रदेश सरकारको सबै काम कारवाही बुटवलबाटै हुँदै आएको भए पनि स्थापना दिवस भने दाङमा मनाउन लागेको हो ।

स्थापना दिवसमा प्रदेश सरकारले घोषणा गरेको पदक र विभूति प्राप्त गर्ने संस्था र व्यक्ति, कार्यक्रम आयोजना हुने स्थानीय तहका जनप्रतिनिधि, स्थानीय पालिकामै रहेका संघसंस्थाका प्रतिनिधिलाई मात्र आमन्त्रण गरिएको छ ।

Related Articles

Back to top button