समाचार

खोलामा माछा मार्ने क्रममा करेन्ट लागेर मृ,त्यु

खोलामा माछा मार्ने क्रममा करेन्ट लागेर एकको ज्यान गएको छ । झापाको मेचिनगर नगरपालिका–१३ सुगम टोल स्थित फुलबासा खोलामा माछा मार्दा करेन्ट लागेर ५० वर्षीय मान बहादुर बराईलीको ज्यान गएको हो ।

हिजो बेलुका ४ बजे बराईलीले आफ्नै घरबाट विजुलिको तार जडान गरी खोलामा माछा मार्ने क्रममा अचानक करेन्ट लागि घाईते भएका उनको उपचारको लागी बिर्तामोड लगिएकोमा बाटैमा ज्यान गएको प्रहरीले जनाएको छ । घटनाको समबन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय धुलाबारीले जनाएको छ ।

यो पनि पढ्नुहोस -धनगडीमाइ नगरपालिका –१३ भोर्लेनीका दलित समुदाय खानेपानीको समस्या समाधान भएपछि खुसी भएका छन् । धनगडीमाइ नगरपालिकाको उत्तरी चुरे छेउमा रहेको भोर्लेनीका १२५ घर दलित समुदायहरुले वर्षौदेखि भोग्दैआएको खानेपानी समस्या समाधान भएको हो ।संघीय साँसद सुरेशभन्द्र यादवले खोनेपानीको लागि बोरिङग गाडेर पानी ट्याङकी घर–घरमा धारा जडान गरेर पुर्याउनु भएपछि खानेपानीको समस्या समाधान भएको स्थानीय लखन रामले बताउनुभयो ।

उहाँकोअनुसार यस भोर्लेनी गाँउका दलित समुदायहरु चार किलोमिटर उत्तर खोलाबाट पानी लिएर खानुपर्ने अवस्था थियो । खानेपानी समस्याले भोर्लेनी गाउँमा बिवाह गर्न पनि अन्य गाउँका मानिसहरु डराउँथे । यस क्षेत्रबाट निर्वाचित संघीय सांसद सुरेशचन्द्र दासले चुनावमा गरेको प्रतिवद्धता पूरा गरेपछि दलित बस्तीको खानेपानी समस्या टरेको छ ।

सिरहा –२ का संघीय सांसद सुरेशचन्द्र दास यादवले उत्तरीभेगमा रहेको खानेपानीको समस्या समाधानका लागि चुनावमा गरेको प्रतिवद्धता पुरा गर्दै स्थानीयहरुको मागअनुसार सिंचाइको लागि समेत बोरिङग गाड्न प्रदेश र स्थानीय नगरपालिकासँग समन्वय गरेर योजना ल्याउने विश्वास दिलाउनुभयो ।

गाँउ नै गाँउले भरिएको धनगडीमाइ नगरपालिकाको उत्तरी भेगमा रहेको वडा १२, १३ र १४ मा तत्काल रहेको खानेपानीको समस्या समाधान गरेर सिंचाईको लागि संघ र प्रदेश सरकारसँग समन्वय गरेर अघि बढ्न आधार खाडा गरेको नगरपालिका प्रमुख हरिनारायण चौधरीले बताउनुभयो । उत्तरी भेग पर्यटन र कृषिको केन्द्र बनाउन नगरपालिकाले आधार निर्माण गर्न सडक पुर्याइ अन्य विकासका योजनाहरु अघि बढाइरहेको बताउनुभयो।

Related Articles

Back to top button