समाचार

नारायणघाट–बुटवल सडक बिस्तार : तोकिएभन्दा ५०० गुण बढी रुख काटियो

काठमाडौं । दुई प्याकेजमा विस्तार भइरहेको नारायणघाट–बुटवल सडक खण्डमा स्वीकृत डीपीआरमा उल्लेख भएभन्दा चारदेखि पाँच सय गुणा बढी सङ्ख्यामा रुख कटान गरिएको छ ।

प्रतिनिधि सभाअन्तर्गतको विकास तथा प्रविधि समितिको शुक्रबारको बैठकमा प्रस्तुत गरिएको विवरणअनुसार पहिलो चरणमा ५७६ र दोस्रो चरणमा ४४० प्रतिशत बढी रुख काटिएको पाइएको हो ।

बैठकले बढी रुख काट्न स्वीकृति दिनेमाथि कारबाही गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन दिएको छ । बैठकका निर्णयबारे जानकारी दिँदै समितिका सभापति कल्याणीकुमारी खड्काले आवश्यकताभन्दा बढी रुख काटिएकाले आयोजनाको काम नै प्रभावित हुन पुगेको ठहर भएको बताए ।याे खबर आजको गोरखापत्र दैनिकमा छ ।

उनले डीपीआरभन्दा गलत आँकडा पेस गर्ने र उक्त कार्यलाई स्वीकृत गर्ने पदाधिकारीहरूमाथि १५ दिनभित्र छानबिन गरी त्यसको प्रतिवेदन समितिमा उपलब्ध गराउनसमेत सरकारलाई निर्देशन दिने निर्णय गरेको जानकारी दिए ।

काठमाडौ । यदि तपाईले आफ्ना साना छोराछोरीलाई सुनका मुन्द्रा वा अन्य गहना लगाइदिने गर्नु भएको छ भने उनीहरुलाई तपाई आफै जोखिममा पार्दै हुनुहुन्छ । उपत्यकाको प्रहरीले बालबालिकालाई सुनका गहना नलगाइदिन आग्रह गरेको छ ।

हालै काठमाडौंमा ३ वर्षीय नाबालकको कानको सुनको मुन्द्रा लुटेको र लुटेको मुन्द्रा किनेको आरोपमा २ जना पक्राउ परेका छन् ।

बालबालिकाका सुनका गहना लुट्ने र ति गहना किन्ने समुह नै काठमाडौमा सकृय रहेको देखिन्छ । त्यसैले प्रहरीले यस्तो आग्रह गरेको हो । प्रहरीले पक्राउ गरेकाहरुमा मुन्द्रा लुट्ने गोकर्णश्वर नगरपालिका–४ का ३८ वर्षीय नारायण श्रेष्ठ र लुटेको मुन्द्रा किन्ने मोरङ पथरी शनिश्चरे नगरपालिका–८ का ३० वर्षीय राज कुमार बराइली छन् ।

उनीहरुले काठमाडौं महानगरपालिका–६ बौद्धबाट गत माघ ८ गते काठमाडौं महानगरपालिका–६ पाटिटारस्थित तरकारी बजारमा तरकारी पसल सञ्चालन गर्दै आएकी महिलाको ३ वर्षीय नाबालक छोरालाई चक्लेट दिई आफूलाई मामा हुँ भनी फकाई फुल्याई कानमा लगाएको अन्दाजी २, २ आना गरी जम्मा अन्दाजी ४ आना बराबरको सुनको मुन्द्रा लुटेका प्रहरीले जनाएको छ ।

Related Articles

Back to top button