समाचार

झापामा बोलेरोको ठ क्क र बाट स्कुटर चालकको मृ त्यु

झापा । झापाको कमल गाउँपालिका ४ स्थित पूर्व पश्चिम राजमार्गमा बोलेरोको ठ क्क र बाट स्कुटर चालकको मृ त्यु भएको छ । मृ त्यु हुनेमा झापा शिवशताक्षी ८ का ४१ वर्षीय नरबहादुर गहतराज रहेका छन् ।

(बिहीबार) अपराह्न सवा ३ बजे पूर्वतर्फ जाँदै गरेको मे. १ च ११६७ नम्वरको बोलेरोले बिपरीत दिशातर्फ आउँदै गरेको मे. ६ प २७१६ नम्वरको स्कुटरलाई ठ क्क र दिँदा गम्भीर घाईते भएका स्कुटर चालक गहतराजको उपचारको क्रममा दमक लाईफलाईन अस्पतालमा मृ त्यु भएको हो ।

दुर्घटनामा संलग्न बोलेरो र चालक मोरङ रंगेलीका दिपक अधिकारीलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ ।

काठमाडौ । यदि तपाईले आफ्ना साना छोराछोरीलाई सुनका मुन्द्रा वा अन्य गहना लगाइदिने गर्नु भएको छ भने उनीहरुलाई तपाई आफै जोखिममा पार्दै हुनुहुन्छ । उपत्यकाको प्रहरीले बालबालिकालाई सुनका गहना नलगाइदिन आग्रह गरेको छ ।

हालै काठमाडौंमा ३ वर्षीय नाबालकको कानको सुनको मुन्द्रा लुटेको र लुटेको मुन्द्रा किनेको आरोपमा २ जना पक्राउ परेका छन् ।

बालबालिकाका सुनका गहना लुट्ने र ति गहना किन्ने समुह नै काठमाडौमा सकृय रहेको देखिन्छ । त्यसैले प्रहरीले यस्तो आग्रह गरेको हो । प्रहरीले पक्राउ गरेकाहरुमा मुन्द्रा लुट्ने गोकर्णश्वर नगरपालिका–४ का ३८ वर्षीय नारायण श्रेष्ठ र लुटेको मुन्द्रा किन्ने मोरङ पथरी शनिश्चरे नगरपालिका–८ का ३० वर्षीय राज कुमार बराइली छन् ।

उनीहरुले काठमाडौं महानगरपालिका–६ बौद्धबाट गत माघ ८ गते काठमाडौं महानगरपालिका–६ पाटिटारस्थित तरकारी बजारमा तरकारी पसल सञ्चालन गर्दै आएकी महिलाको ३ वर्षीय नाबालक छोरालाई चक्लेट दिई आफूलाई मामा हुँ भनी फकाई फुल्याई कानमा लगाएको अन्दाजी २, २ आना गरी जम्मा अन्दाजी ४ आना बराबरको सुनको मुन्द्रा लुटेका प्रहरीले जनाएको छ ।

Related Articles

Back to top button