समाचार

बस्ने ठाउँबारे विवाद हुँदा फर्पिङमा पुरुषको हत्या, ‘अघोरी बाबा’ पक्राउ

काठमाडौंको दक्षिणकाली नगरपालिका–६ फर्पिङमा करिब ४५ वर्षका पुरुषको हत्या गरेको आरोपमा प्रहरीले ‘बाबा’ लाई पक्राउ गरेको छ । बिहिबार साँझ दक्षिणकाली पार्टी प्यालेस अगाडी बस्ने वर्ष ३५ का शिव गिरी उर्फ ‘अघोरी’ले बोल्न नसक्ने र मागेर खाने पुरुषलाई चिर्पटले हिर्काए ।

चिर्पट र बाँस प्रहारबाट गम्भीर घाइते भएका पुरुषको शुक्रवार बिहान वीर अस्पतालमा मृत्यु भएको छ । हत्यामा संलग्न शिव गिरीलाई ईलाका प्रहरी कार्यालय फर्पिङले पक्राउ गरेको छ । आरोपीलाई ज्यान सम्बन्धी कसुरमा म्याद लिएर अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले रातोपाटीलाई बताए ।

मृतक ७ वर्षदेखि सो ठाउँमा मागेर खान्थे । गिरी र उनको बिचमा दक्षिणकाली पार्टी प्यालेस अगाडी बस्ने ठाउँबारे विवाद भएको थियो । आफू बस्न खोजेको ठाउँमा ति पुरुष बसेपछि आवेगमा चिर्पटले हिर्काएको अघोरीले प्रहरीलाई बताएका छन् ।
आरोपी पनि लामो समयदेखि दक्षिणकाली मन्दिर क्षेत्रमा बस्दै आएका थिए । दुवैजना मन्दिर आसपासमा बसेर मागेर खान्थे ।

दाङको तुलसीपुर उपमहानगर भए पनि सम्साँझै सुनसान हुन्छ। हिउँदे वर्षाले चिसिएको तुलसीपुरका बासिन्दा बिहीबार साँझ घरभित्र पसिसेका थिए। रात छिप्पिँदै जाँदा लामो दूरीका बस र ढुवानीका सामान बोक्नेबाहेक अरू सवारी साधन सडकमा थिएनन्। प्राय: रात यसरी नै बित्ने तुलसीपुरमा बिहीबार मध्यरातिपछि भने हो-हल्ला भयो।

तुलसीपुर-५ ‘ङ’ लाइनको घरमा सुतिरहेका ४० वर्षीय नगरदिन अली राति करिब १ बजेतिर ब्युझिएँ। धुँवाको गन्ध आइरहेको थाहा पाएपछि हेर्न बाहिर निस्किए। घरमा ठूलो धुँवाको मुस्लो देखेपछि उनी सँगै सुतेकी श्रीमती र आफ्नो बुवालाई लिएर सडकमा आए।

Related Articles

Back to top button