समाचार

यिनै हुन महिलाका नाममा कलंक,जो आफ्नै घरको आगनमा खेलिरहेको बच्चा चो री गरी भागे

जनकपुरधाम बच्चा चो री आ रो प मा धनुषा प्रहरीले तीन जनालाई प क्रा उ गरी सार्वजनिक गरेको छ । जनकपुरधाम पमहानगरपालिका(८ पगला बाबा नजिकैबाट बुधबार बच्चा चो री गर्ने गिरोह प क्रा उ परेको हो ।जिल्ला प्रहरी कार्यालय धनुषाले बिहीबार पत्रकार सम्मेलन गरी चो री कार्यमा संलग्न रहेको आ रो पमा धनुषा गणेशमान चारनाथ नगरपालिका(१० का संजित मुखियाकी ३५ वर्षीया श्रीमती मनीषा देवी मुखिया, औरही गाउँपालिका(१ पौडेश्वर घर भई हाल जनकपुरधाम उपमहानगरपालिका(८ बस्ने बिगुल मुखियाकी २० वर्षीया श्रीमती किरण राम र महोत्तरीको लोहारपट्टी नगरपालिका(४ घर भई जनकपुरधाम उपमहानगरपालिका(७ बस्ने २२ वर्षीय कृष्ण कुमार यादवलाई प क्रा उ गरी सार्वजनिक गरेको हो ।

जनकपुरधाम(७ बस्ने मोहम्म अमिर राइनका ७ महिने छोरा अख्तर आफ्ना ७ वर्षीया बहिनी एलिजा खातुनसँग घर नजिकै खेलिरहेको अवस्थामा बुधवार साँझ ६ बजे मनीषाले एलिजालाई ५० रुपैयाँ दिएर कुरकुरे किनेर ल्याइदिन भनेका थिइन् । एलिया कुरकुरे किन्न पसलमा गएलतै मनीषा अख्तरलाई लिएर भागेका थिइन् ।

घटना भए लगत्तै एलिजाले रातो साडी लगाएको महिलाले भाइलाई लिएर भागेको जानकारी गराएपछि सार्वजनिक सञ्चालन फेसबुकसहितमा बच्चाको फोटो राखी जनस्तरबाट पनि खोजीको कार्य भएको थियो ।

यता, जिल्ला प्रहरी कार्यालय धनुषाले पनि घटनाको जानकारी पाए लगतै प्रहरी निरीक्षक विक्रम साहको नेतृत्वको टोली खोजतलासमा खटिएको थियो । प्रहरीले खोजतलासको क्रममा बिहीबार बिहान साढे ८ बजे जनकपुरधाम(१९ बेंगा शिवपुर पिपराढीस्थित सञ्चालनमा रहेको हाँस तथा भैंसी फारमको पछाडि खेतमा भाग्दै गरेको अवस्थामा तीनै जनालाई प क्रा उ गरिएको पत्रकार सम्मेलनमा धनुषाका प्रहरी उपरीक्षक वसन्त रजौरेले जानकारी दिए ।

मनीषासँगै प क्रा उ परेकी महिला किरण राम र यादवले बच्चा चो रीमा सहयोग गरेको प्रहरीको भनाई छ । बच्चा चो रीमा सघाएर मनीषाले यादवलाई १३ हजारसमेत दिएको उनले बताए । उपरीक्षक रजौरेले मनीषालाई छोरा नभएकाले जसरी पनि छोरा चाहियो भनेर बच्चा चो री गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको बताइएको छ ।

प क्रा उ परेकाहरूमाथि अ प ह र ण सम्बन्धी मु द्दा दर्ता गरी आवश्यक अनुसन्धान सुरु गरिएको धनुषा प्रहरीले जनाएको छ ।

Related Articles

Back to top button