समाचार

धापासीमा कारको ठ;क्क;र;बाट एक बालकको मृ;;त्यु :

धापासीमा कारको ठक्करबाट एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ३ बर्षीय श्रीयन पाण्डे रहेका छन् । मंगलबार बेलुकी कारको ठक्करबाट गम्भीर घाइते भएका बालकको उपचारका क्रममा राती साढे ९ बजे धापासी स्थित ग्राण्डी अस्पतालमा मृ;त्यु भएको प्रहरीले जनाएको छ ।

सडकमा खेल्दै गरेका उनलाई हिजो बेलुकी सवा ८ बजे बा १७ च ५०२२ नम्बरको कारले ठक्कर दिएको थियो । कार सहित चालकलाई महानगरीय प्रहरी वृत्त महाराजगञ्जले नियन्त्रणमा लिएको छ ।

यो पनि पढ्नुहोस : त्यसैगरी सुनसरीको कोसी गाँउपालिका-६ स्थित पूर्व-पश्चिम राजमार्गमा स्कार्पियो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। मंगलबार राति भएको दुर्घटनामा पाँच जना घाइते रहेको प्रहरीले जनाएको छ।

मृत्यु हुनेमा सप्तरी हनुमाननगर कंकालिनी नगरपालिका-५ का ५० वर्षीय दिलीप मण्डल छन्। यस्तै, घाइतेहरूमा कंकालिनी नगरपालिका-५ कै ६० वर्षीय लक्ष्मण साफी, ३६ वर्षीय राजेश मेहता, ४४ वर्षीय रामकुमार रजक, ४८ वर्षीया रामकुमारी देवी रजक र ५० वर्षीय उमेश कुमार साफी छन्।

Related Articles

Back to top button