समाचार

९ गतेदेखि सुरु हुने एसईईको रुटिन सार्वजनिक, कुन दिन कुन विषय हेर्नुहोस्

काठमाडौं । एसईईको परीक्षा तालिका सार्वजनिक भएको छ । आगामी ९ वैशाखबाट सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षाको तालिका घोषणा गरिएको हो ।

राष्ट्रिय परीक्षा बोर्डले परीक्षा तालिका पनि सार्वजनिक गरेको छ । बोर्डका अध्यक्ष महाश्रम शर्माले ९ देखि २० वैशाखसम्म परीक्षा सञ्चालन गर्ने निर्णय गरिएको जानकारी दिनुभयो ।

परीक्षा तालिका अनुसार आगामी ९ वैशाखमा पहिलो दिन अनिवार्य अंग्रेजी विषयको परीक्षा हुनेछ । सोही दिन वेदविद्याश्रम तर्फ अनिवार्य संस्कृत भाषा र साहित्यको पनि परीक्षा हुने छ ।

११ वैशाखमा अनिवार्य गणित र १२ मा अनिवार्य नेपाली विषयको परीक्षा लिइनेछ । परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म चल्ने बोर्डले जानकारी दिएको छ ।

तपाईंलाई जानकारी गराउ कि कोरो ना महा मा रीका कारण कारण अघिल्ला दुई वर्ष भने एसईई भएको थिएन । विद्यालयको आन्तरिक मूल्यांकनलाई नै परीक्षा बोर्डले वैधानिकता दिएको थियो ।

Related Articles

Back to top button