समाचार

अन्ततः साउदीमा छ’ ट्पटाइरहेका आयुष नेपाल फर्किए

काठमाडौं । वैदेशिक रोजगारीका क्रममा साउदी पुगेका आयुष राना व्यथाले छ’ टपटाउँदै गरेको एक भिडियो केही समय अगाडि सार्वजनिक भएको थियो ।आयुषको त्यो भिडियोले लाखौं नेपालीको ध्यान तान्यो ।

सामाजिक सञ्जालहरुमा भाइरल भएको भिडियो राखेर न्युज २४ ले उनका बारे एक न्युज प्रसारण गर्यो । त्यसपछि सरकारी निकायले समेत यसमा चासो दियो ।

श्रममन्त्री कृष्णकुमार श्रेष्ठले त आयुषको तत्काल उद्दार गर्न निर्देशन नै दिए । अन्तत आयुषको उद्दार भएको छ ।

आयुषको दर्दनाक अवस्थाको रिपोर्ट प्रशारण भएपछि उनलाई साउदी पठाउने म्यानपावर र सरोकारावाला निकाय ध्यानाकर्षण भएको थियो । यतिमात्र होइन साउदीमा नेपाली युवा छ’ ट्प टाइरहेको दृश्य कार्यक्रम ‘सीधा कुरा जनतासँग’मा देखेपछि श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले उनको तत्काल उपचार र उद्धारका लागि निर्देशन दिएका थिए ।

विभिन्न सरोकारवाला निकाय, साउदी अरेबियास्थिति नेपाली दूतावास तथा विभिन्न संघसंस्थाको सहयोगमा आयुषको उद्धार गर्न सफल भएका हौँ । कार्यक्रम सिधा कुरा जनतासँगमा रिपोर्ट प्रशारण भएको केही हप्ताभित्रै १८ महिनादेखि स्वदेश फर्किन नपाएका आयुषको उद्धार सफल भएको हो ।

महिनौंदेखिको पी’डा र केही कानुनी उल्झन अन्त्य गर्दै आयुष स्वदेश आइपुगे । मंगलबार न्युज २४ को कार्यलयमै आइपुगेका आयुषले आफ्ना दुख क’ ष्टको फेहरिस्त नै सुनाए ।साउदी हुँदा पी’ डा र स’मस्या यति धेरै बिकराल बनिदियो कि उनी आ, ’त्म ह’ त्याको सोचमा समेत पुगे ।

तर आफैंले आफूलाई सम्हाले । महिनौंपछि भएपनि आयुष आफ्नो मातृभूमिमा फर्किएका छन् ।यतिमात्रै होइन उनले ८ महिनादेखि तलवसमेत नपाएको गुनासो गरेका छन् । स्वदेश फर्किन पाएकोमा खुशी व्यक्त गर्दै उनले आफूले क्षतिपूर्ति पाउनु पर्ने माग गरेका छन् ।

ललतिपुरको चाकुपाटीस्थित न्यु र्वल्ड ओभर्सिज म्यानपावरबाट आयुष साउदी पुगेका थिए । उक्त म्यानपावरबाट साउदी पुगेर प्रताडित बनेका अन्य ८ जना युवाहरु यसअघि नै स्वदेश फर्किसकेका छन् । न्युज २४ बाट\

Related Articles

Back to top button