समाचार

नायक पल शाह र अञ्जलि अधिकारीको यो भिडियो बन्यो भाइ`रल (भिडियो हेर्नुहोस्)

गीत संगीत`को क्षेत्रमा निकै लामो समय देखि निरन्तर लागिरहेको नाम हो नेत्र पी भण्डारी निरन्तर गीत संगीमै जिबन बिताइ`रहेका गाएक भण्डारीका निकै मिठा मौलि`क गीत हरु बजारमा रहेका छन ।

सल्यानमा जन्मिए`का गायक भण्डारी लामो समय देखि का`ठमाडौ लाई कर्मथलो बनाउदै आएका छन । स्याउ ल्याईदिउकि केरा ,सुन्तला डालिमा , हार्दिक श्रद्धा`ञ्जली ,नियति ,बनपा`लेको लौरी, ओठैमा लालि लगाएत चर्चित गीत मध्यमा पर्ने गर्दछन। चर्चा पाउन नसकेका अन्य गरेर थुप्रै उनको आवज शब्द संगीतमा रहेका गीत बजारमा रहेका छन ।

गीत संगीत क्षेत्रको निरन्तरताकै क्रममा थुप्रै गीत संगीत बजारमा ल्या`एका गायक भण्डा`रीले फेरी अर्को गीत बजारमा ल्याएका छन ।गायक नेत्र पी भण्डारीको आफ्नै मीठो लय रहेको गीतको शब्द सिर्जना रहेको गीतमा रमेश परिया`रको उत्कृष्ट शब्द रहेका छन ।निकै उत्कृष्ट शब्द संगीत रहेको गी`तमा नेत्र पी भण्डारी र सुमित्रा कोइ`रालाको कर्णप्रिय स्वर भरिएको छ ।

काजि श्रेष्ठको उत्कृष्ट निर्दे`शनमा रहेको गीतको म्युजिक भिडियोमा चर्चित नायक पल शाह र चर्चित मोडल अञ्जली अधिक`रीको उत्कृष्ट अभिनय रहेको छ ।गीत Wan`ted Films युटुव च्यानल बाट सार्व`जनिक भएको छ। हेर्नुस् भिडियो…

Share

काठमाडौं, माघ २१ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई) परीक्षा सञ्चालन तथा व्यवस्थापनको जिम्मा प्रदेश सरकारलाई दिने तयारी थालेको छ।

परिक्षा सञ्चालनका लागि प्रदेश सचिवको अध्यक्षता एसइई परीक्षा सञ्चालन तथा व्यवस्थापन समितिको प्रस्ताव शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा पुगेको छ। बोर्डका अध्यक्ष डाक्टर महाश्रम शर्माले बिहीबार उक्त प्रस्ताव शिक्षा मन्त्रालयमा लिएका हुन्। उनले प्रस्तावमाथि मन्त्रालयमा छलफल भइरहेको जनाए।

संविधानलेनै विद्यालय तहसम्मको शिक्षा स्थानीय सरकारको मातहतमा राख्ने व्यवस्था गरेकाले अब कक्षा १० को अन्तिम परीक्षा प्रदेश सरकारले गर्नुपर्ने चौतर्फी दबाब बढ्दै आएको छ।

अर्को तर्फ शिक्षा ऐनमा एसइई परीक्षा सञ्चालन तथा व्यवस्थापनको अधिकार बोर्डलाईनै दिइएको हुँदा संशोधन नहुँदासम्म बाधा आएको बताइएको छ। अध्यक्ष शर्माका अनुसार उक्त बाधा फुकाउन बिहीबार बोर्डले प्रदेश सचिवको अध्यक्षतामा परीक्षा सञ्चलान तथा व्यवस्थापनको जिम्मेवारीसहित समिति बनाएर अघि बढ्ने प्रस्ताव मन्त्रालयमा लगेको हो।

साथै मन्त्रालयमा कक्षा १२ को परीक्षा जेठमा सञ्चालन तथा व्यवस्थापनबारे समेत छलफल भएको आजको नागरिक दैनिकमा खवर छ ।

Related Articles

Back to top button