समाचार

१२ वर्ष सम्म बिदेशमा कमाएको सबै लिएर श्रीमती अर्कैसगँ फ’रार (भिडियो हेर्नुस)

पाल्पा जिल्लाको पुर्व खोला गाउँपालिकाका निमबहादुर मगर आफ्नी श्रीमती अर्कैसगँ फरार भएको भन्दै मिडिया मा आएका छन । श्रीमती मिनकुमारी मगर एक वर्ष अघि आफू बिदेशमै रहेको अवस्थामा नैनसिंह आलेसगँ फ’रार भएको उनले बताएका छन । श्रीमती अर्कैसगँ फ’रार भएको एक वर्ष पछि आफू नेपाल आएको निमबहादुरको भनाई छ । आफ्नो एक छोरा र एक छोरी रहेको उनले बताएका छन । छोरिको भने बिबाह भै सकेको र १४ वर्षको नाति पनि भएको उनले बताए ।

आफू १२ वर्ष देखि वैदेशिक रोजगारिको शिलशिलामा कतार आउने जाने गरेको निमबहादुरले बताएका छन । आफू केही वर्ष अघि नै घर आउन खोजेको भएता पनि श्रीमतिले अझै केही वर्ष बसेर कमाए पछि घर आउनु भनेकोले आफू बिदेश मै बसेको उनको भनाई छ । बिदेशमा बसेर चितवनमा ३ आना घडेरी किनेको उनले बताए । त्यही घर बनाउने भन्दै श्रीमतिले अझ केही वर्ष बसेर घर बनाउने पैसा राम्रोसगँ पुगोस अनि आएर घर बनाउने सल्लाह दिर पछि आफू उतै बसेको उनले बताए ।

आफुसगैँ कतारमा १० वर्ष बसेर काम गरेको नैनसिंह आले सगँ श्रीमती फरार भएको उनले बताएका छन । दुई वर्ष अघि नैनसिंह आले कतार बाट घर फर्किएको उनले बताए । आफू पनि त्यही बेला घर आउन खोजेको भएता पनि केही रकम कम्पनिबाट लिनु पर्ने बाकी रहेकोले त्यही रकम लिन त्यो बेला घर आउन नसकेको उनको भनाई छ । आफू नेपाल आउनु भन्दा एक वर्ष अघि नै श्रीमती नैनसिंहसगँ फरार भएको निमबहादुरले बताएका छन । आफुले प्रहरिमा समेत खबर गरि खोजी गरेको उनले बताए ।

तर कतै पत्ता लाग्न नसके पछि आफू मिडियामा खोजिका लागि सहयोग माग्दै आएको उनको भनाई छ । आफुले किनेको घडेरी पनि श्रीमती कै नाममा भएको उनको भनाई छ । आफुले ११ वर्ष सम्म बिदेश बसेर प्रत्येक महिना श्रीमतिकै नाममा पैसा पठाउने गरेको निमबहादुरको भनाई छ । तर श्रीमतिले त्यो पैसा कहाँ खर्च भयो या कहाँ बचत गरेर राखेको छ भन्ने कुनै हिसाबकिताब आफुलाई अहिलेसम्म नदिएको निमबहादुरले बताएका छन ।घडेरी बाहेक करिव ४८ लाखको कुनै हिसाबकिताब नभएको उनले बताए ।

अहिले आफुसगँ एक रुपैयाँ पनि बिदेशबाट कमाएको केही नभएको उनको भनाई छ । आफू मजदुरी गर्दै बिहान बेलुकाको छक टारी रहेको उनले बताएका छन । अब आफू अर्कैसगँ गएकी श्रीमतिलाई स्वीकार नगर्ने भन्दै सम्पर्कमा आएर आफुले किनेको घडेरी आफ्नो नाममा गरिदिनु पर्ने माग आफ्नो भएको उनले बताए । साथै ४८ लाख भन्दा धेरैको हिसाबकिताब देखाई खर्च बाट बाकी भएको सम्पुर्ण रकम आफुले पाउनु पर्ने उनले बताएका छन । (भिडियो हेर्नुस)

Related Articles

Back to top button