समाचार

ट्रक दुर्घ’टना हुँदा चालकको ज्या’न गयो

सङ्खुवासभा – सङ्खुवासभाको खाँदबारी नगरपालिका–९ सभाखोलामा ‘ब्रेक फेल’ भएर ट्रक दुर्घटना हुँदा चालकको ज्यान गएको छ ।

तुम्लिङटारबाट वीरगञ्जतर्फ जाँदै गरेको प्रदेश-२–०–३००१ ख ४३० नम्बरको ट्रक सभाखोलाको घुम्तीमा दुर्घ’टना भएको थियो।दु’र्घटनामा परि गोरखा नगरपालिका–४ घरभएका चालक मिलन मग्रातीको ज्या’न गएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक शुभेष अधिकारीले बताउनुभयो ।

उहाँका अनुसार, मकालु गाउँपालिका–५ को नुममा सिमेन्ट पुर्याएर फर्किने क्रममा आज बिहान करिब ७ बजेतिर ट्रक दुर्घ’टनामा परेकाे हो ।मृ’तकको श’व पाेस्टमार्टमका लागि जिल्ला अस्पताल सङ्खुवासभा ल्याउने तयारी भइरहेको र घ’टनाबारे अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ

धरानः चर्चित गायक प्रमोद खरेल र गायिका रुक्साना लिम्बूको नयाँ गीत र भिडियो सार्वजनिक भएको छ ।
नयाँ गीत ‘नोगेन’ (धन्यवाद) प्रमोद खरेलको युट्युब च्यानलमार्फत् सार्वजनिक भएको हो ।

द भ्वाइस अफ किड्स सिजन १ मा आफ्नो टिम रुक्सानालाई कोच गर्दै फाइनललिष्टसम्म पुरयाएका गायक प्रमोद खरेलले आफ्नो विद्यार्थीलाई जीवनको बाटो सजिलो छैन भन्दै लिम्बू भाषामा नोगेन ( धन्यवाद) सहित आशीर्वाद दिँदै युगल गीत बजारमा ल्याएका हुन् । गीतमा महेश खड्काको सङ्गीत र शब्द रहेको छ । एरेञ्ज विशाल निरौलाले रहेको छ ।[][]

 

Related Articles

Back to top button