समाचार

सिन्धुपाल्चोकमा अन्धाधुन्ध खुकुरी प्रहार गरी दुई जनाको हत्या

सिन्धुपाल्चोक जिल्लाको बलेफी गाउँपालिका ७ माथिल्लो चिम्लिङमा अन्धाधुन्ध खुकुरी प्रहार गरी दुई जनाको हत्या भएको छ ।चिम्लिङका विजय तामाङले मादक पदार्थ सेवन गरी सोही ठाउँका ७० वर्षका बासु माया तामाङ र ५९ वर्षका सन्त वीर तामाङको हत्या गरेको जिल्ला प्रहरी कार्यलय सिन्धुपाल्चोकले जनाएको छ । हत्यापछि फरार भएका छन् । फरार तामाङको खोजीकार्य जारी रहेको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । –

त माघ ८ गते नवलपरासीको रामग्राम नगरपालिका ९ पिपरहिया र जोकवारी सडक खण्डमा एकजना पुरुषको शव फेला पर्‍यो । हात बाँधेर घाँटीमा कपडाले बेरी हत्या गरी सडक छेउको नालीमा फालिएको अवस्थामा फेला परेको शव थियो, विजय चौधरीको ।
काठमाडौँको असनमा डेरा गरी बस्ने चौधरीको असनमा भाँडाकुँडा, हार्डवेयर लगायतको व्यवसाय थियो । विजयका छिमेकीका अनुसार उनले असन लगायतका क्षेत्रमा तीनवटा पसल सञ्चालन गरेका थिए र पसलबाट आम्दानी पनि राम्रो भइरहेको थियो । त्यसबाहेक पनि छिटो पैसा कमाउन सकिने भन्दै विजय अन्य व्यापार व्यवसायमा पनि लागेका थिए । विजयले आफ्ना परिवारका सदस्यसँग ‘इन्भेष्टमेण्ट कम्पनीमा लगानी गरेको’ बताउने गरे पनि त्यो इन्भेष्टमेण्ट कम्पनी कुन थियो भन्ने अझै खुलिसकेको छैन ।

परिवारका सदस्यसँगको कुराकानीका क्रममा चौधरीले आफूलाई एक इन्भेष्टमेण्ट कम्पनीले ठगी गरेको बताउँदै उक्त रकम फिर्ता लिन लागिपरेको बताउने गरेका थिए । तर परिवारका सदस्यसँग कुन इन्भेष्टमेण्ट कम्पनीले आफूलाई ठगेको नभनेको कुरा र चौधरीले कुन व्यापार व्यवसायका लागि उक्त कम्पनीलाई पैसा दिएको पनि भनेका थिएनन् ।
विजय गत माघ ६ गते काठमाडौँबाट भैरहवा पुगेका थिए । माघ ६ गते भैरहवा पुगेका चौधरी माघ ७ गते साँझसम्म पनि परिवारकै सम्पर्कमा थिए । कपिलवस्तु स्थायी ठेगाना भएका चौधरी माघ ७ गते साँझबाट हराइरहेका थिए । माघ ७ गते हराएका चौधरीको शव माघ ८ गते नवलपरासीमा फेला परेको थियो ।

Related Articles

Back to top button