समाचार

नेपालमा आज १ हजार ७१४ जना नयाँ को-रोना सं’क्रमित थपिए, सं’क्रमण पुष्टि भएको ९ जनाको मृ-त्यु (हेर्नुहाेस् विवरण सहित)

काठमाडौं । नेपालमा आज पनि ठुलो संख्यामा थपिए नयाँ को-रोना सं’क्रमित, कुन जिल्लामा कति सं’क्रमित थपिए ? पछिल्लो २४ घण्टामा को’रोना भाइरस (को’भिड–१९) को सं’क्रमणबाट थप ९ जनाको मृ-त्यु भएको छ । १ हजार ७१४ जनामा सं’क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ८ हजार ५१३ नमुना परीक्षण गरिएको थियो । ५ हजार २२५ नमुनाको पीसीआर परीक्षण गर्दा एक हजार १०३ र तीन हजार २८८ जनाको एन्टीजेन परीक्षण गर्दा ६११ गरी एक हजार ७१४ जनामा सं’क्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा चार हजार ७७१ जन सं’क्रमणमुक्त भएका छन् । हाल देशभर ५२ हजार ७८० सक्रिय सं’क्रमित छन् । जसमध्‍ये ५१ हजार ४३४ सक्रिय सं’क्रमित होम आइसोलेसनमा छन् भने एक हजार ३४६ जना संस्थागत आइसोलेसनमा छन् । उनीहरुमध्ये २५१ जनाको आईसीयू र ४९ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।

शनिबार थपिएसँगै नेपालमा को’रोना सं’क्रमितको कूल संख्या १० लाख ९९ हजार ३०३ पुगेको छ । यस्तै नेपाल मृ-त्‍यु हुनेको संख्या ११ हजार ८०३ पुगेको छ भने ९ लाख ६३९ जना सं’क्रमणमुक्त भएका छन् । यस्तै १० वर्ष मुनिका ३१ बालबालिकामा को’रोना सं’क्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका ६२ जना को’रोना सं’क्रमित थपिएका छन् ।

उपत्यकामा घट्न थाले सं’क्रमित

यस्तै काठमाडौं उपत्यकामा को’रोना सं’क्रमितको संख्या घट्न थालेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार शनिबार काठमाडौं उपत्यकामा थप ४६३ जनामा को’रोना सं’क्रमण पुष्टि भएको छ । जसमध्‍ये काठमाडौंका ३१६, ललितपुरका १०४ र भक्तपुरका ४३ जना सं’क्रमित छन् ।

कुन जिल्लामा कति सं’क्रमित थपिए ?

स्वास्थ्य मन्त्रालयका अनुसार उपत्यका बाहेक सबैभन्दा धेरै कास्कीमा ६५, मोरङमा ६१, काभ्रेपलाञ्चोकमा ४७, नुवाकोटमा ४४, सुनसरीमा २८ तथा चितवन र कैलालीमा २६/२६ जनामा को’रोना सं’क्रमण पुष्टि भएको छ ।

यस्तै मकवानपुर, पाल्पा र रुपन्देहीमा २०/२० जना, दाङमा १८, झापा, दादिङ र कञ्‍चनपुरमा १४ जना, तनहुँमा १३, स्याङजामा १२ तथा धनकुटा, धनुषा र गोरखामा १०/१० जना को’रोना सं’क्रमित थपिएको मन्त्रालयले जनाएको छ ।\

Related Articles

Back to top button