समाचार

चर्चित भारतिय गायिका लता मंगेशकरको निधन

काठमाडौं- चर्चित भारतिय गायिका लता मंगेशकरको निधन भएको छ । उनको मुम्बईको ब्रीच क्याण्डी अस्पतालमा आज बिहान उपचारका क्रममा निधन भएको हो । लताकोको स्वास्थमा समस्या आएपछि भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो ।

स्वास्थमा समस्या आएपछि उनका परिवारले भगवान शिबको पुजा गरेका थिए । उनको निधनसँगै उनका फ्यान मात्र नभइ सिंगो भारत नै शोकमा डुबेको छ । थुप्रै नेपाली गीतहरु पनि गाएकी उनले भारतमा हजारौ गीतमा स्वर दिएकी छन् । उनको जन्म २८ सेप्टेम्बर १९२८ मा भएको थियो ।

ठानमा बेहुली लिएर फर्कँदै गरेकाे जन्ती जीप दुर्घटना हुँदा ज्यान गुमाउनेकाे संख्या ८ पुगेकाे छ ।

नौबहिनी गाउँपालिकाको लुङबाट बेहुली लिएर गौमुखी गाउँपालिकाको लिवाङ फर्कँदै गरेको ग १ ज ५०९२ नम्बरको जीप शनिबार बिहान बजे दुर्घटनामा परेको हो ।

बेहुला बेहुलीसहित जन्ती बोकेको जीप दुर्घटना हुँदा ८ जनाले ज्यान गुमाएका छन्। दुर्घटनामा परि एकै परिवारका श्रीमान, श्रीमती र छोरीसहित ८ जनाको मृत्यु भएको हो।

मृत्यु हुनेमा जिल्लाको गौमुखी गाउँपालिका वडा नं. ६ जिनाबाङका ३९ वर्षीय वसन्त खड्का, उनकी ३९ वर्षीया श्रीमती वसन्ती खड्का र उनीहरूकी ११ वर्षीया छोरी एलिसा खड्का रहेको गौमुखी गाउँपालिकाका अध्यक्ष बिष्णु गिरीले जानकारी दिए।

त्यस्तै अन्य मृतकमा जीप चालक ५० वर्षीय बलबहादुर बुढा मगर, २९ वर्षीया केशरी खड्का, ३२ वर्षीय खिम खत्री, ५० वर्षीया नन्दी खड्का र नौबहिनी ६ लुङकी १८ वर्षीया विपना जिसी छन्।

अध्यक्ष गिरीका अनुसार दुर्घटनामा परि बेहुला २५ वर्षीय दानबहादुर खड्का, बेहुली १९ वर्षीया रीमा जिसी, २१ वर्षीय हरि बुढा मगर, १७ वर्षीय नरेश खड्का र २५ वर्षीया साबित्रा जिसी घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय प्यूठानका सूचना अधिकारी देवीप्रसाद गैह्रेका अनुसार दुर्घटनामा ६ जनाकाे घटनास्थल र दुई जनाकाे विजुवार जिल्ला अस्पतालमा उपचारकाे क्रममा ज्या’न ग’एकाे हाे ।

अध्यक्ष गिरीका अनुसार बेहुलीको एउटा हात नै चुँ’डिएको छ। ग’म्भीर घाइते बेहुलीसहित तीन जनालाई बुट

Related Articles

Back to top button