समाचार

पेट्रोलियम पदार्थको मुल्य भोलिदेखि घटाउने तयारीमा – यति धेरै एक्कैचोटी घट्दै

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाउने तयारी गरेको छ ।

भारतले पेट्रोलियम पदार्थको मूल्यसूची पठाउँदा पहिलेको तुलनामा मूल्य कम खरीद मूल्य पठाएपछि नेपालले पनि सोहि अनुसार मूल्य समायोजन गर्न लागेको हो ।

भारतीय आयल निगमले नेपाललाई हरेक अंग्रेजी महिनाको १ तारिख र १५ तारिखमा नयाँ मूल्यसूची पठाउने गर्दछ । भारतीय आयल निगमले १५ डिसेम्बर

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाउने तयारी गरेको छ । भारतले पेट्रोलियम पदार्थको मूल्यसूची पठाउँदा पहिलेको तुलनामा मूल्य कम खरीद मूल्य पठाएपछि नेपालले पनि सोहि अनुसार मूल्य समायोजन गर्न लागेको हो ।

भारतीय आयल निगमले नेपाललाई हरेक अंग्रेजी महिनाको १ तारिख र १५ तारिखमा नयाँ मूल्यसूची पठाउने गर्दछ ।

भारतीय आयल निगमले १५ डिसेम्बर अर्थात् मङ्सिर २९ गते नयाँ मूल्य सूची पठाएको छ ।

भारतीय आयल निगमले घटाएर नयाँ मूल्यसूची पठाएपछि नेपालमा पनि नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाउने भएको हो ।

निगमले भोलि शुक्रबार नयाँ मूल्यसूची सार्वजनिक गर्ने तयारी गरेको छ । निगम स्रोतले भन्यो ‘भारतबाट घटेको मूल्यसूची आएको छ,

शुक्रबार बैठक बसेर नयाँ मूल्य सूची तोक्ने छौ, के मा कति घटाउने भन्ने शुक्रबार नै टुंगो लाग्छ, डिजेल, पेट्रोल र मट्टीतेलको मूल्य घटेर आउने छ ‘।

काठमाडौं, माघ २१ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई) परीक्षा सञ्चालन तथा व्यवस्थापनको जिम्मा प्रदेश सरकारलाई दिने तयारी थालेको छ।

परिक्षा सञ्चालनका लागि प्रदेश सचिवको अध्यक्षता एसइई परीक्षा सञ्चालन तथा व्यवस्थापन समितिको प्रस्ताव शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा पुगेको छ। बोर्डका अध्यक्ष डाक्टर महाश्रम शर्माले बिहीबार उक्त प्रस्ताव शिक्षा मन्त्रालयमा लिएका हुन्। उनले प्रस्तावमाथि मन्त्रालयमा छलफल भइरहेको जनाए।

संविधानलेनै विद्यालय तहसम्मको शिक्षा स्थानीय सरकारको मातहतमा राख्ने व्यवस्था गरेकाले अब कक्षा १० को अन्तिम परीक्षा प्रदेश सरकारले गर्नुपर्ने चौतर्फी दबाब बढ्दै आएको छ।

अर्को तर्फ शिक्षा ऐनमा एसइई परीक्षा सञ्चालन तथा व्यवस्थापनको अधिकार बोर्डलाईनै दिइएको हुँदा संशोधन नहुँदासम्म बाधा आएको बताइएको छ। अध्यक्ष शर्माका अनुसार उक्त बाधा फुकाउन बिहीबार बोर्डले प्रदेश सचिवको अध्यक्षतामा परीक्षा सञ्चलान तथा व्यवस्थापनको जिम्मेवारीसहित समिति बनाएर अघि बढ्ने प्रस्ताव मन्त्रालयमा लगेको हो।

साथै मन्त्रालयमा कक्षा १२ को परीक्षा जेठमा सञ्चालन तथा व्यवस्थापनबारे समेत छलफल भएको आजको नागरिक दैनिकमा खवर छ ।

Related Articles

Back to top button