समाचार

मोरङमा दुईजनाको ह त्या अघि नै थेचोमा मा रि एका थिए लिम्बू

काठमाडौं । ललितपुरको गोदावरी नगरपालिका–१२ थेचोमा ह त्याको ५२ दिनपछि बिहीबार घरछेउमा गाडेको अवस्थामा एक पुरुषको शव भेटिएको छ ।

प्रमोद थापामगरको घरपछाडि तेह्रथुमका मोहन लिम्बूको शव फेला परेको हो । मोरङको धनपालथान गाउँपालिका– ७ स्थित उखुबारीमा माघ दोस्रो साता मृत भेटिएका दुई व्यक्तिको ह त्या गर्ने समूहबाटै लिम्बूको पनि ह त्या भएको निष्कर्षमा प्रहरी पुगेको छ ।

ह त्यामा भारतीय नागरिक पनि प्रयोग भएका हुन सक्छन् स् एसएसपी वसन्त कुँवर, प्रमुख, अपराध अनुसन्धान महाशाखा सात दिनअघि मोरङको उखुबारीमा दुई शव गा डि एको अवस्थामा फेला परेको घटनाबारे मोरङ प्रहरी र महाशाखाको टोलीले अनुसन्धान गर्दै थियो । यही क्रममा एकजना प क्रा उ परे ।

उनले थेचोमा गा डि एको शवबारे बताए । ख नेर हेर्दा शव पनि भेटियो । दुवै ह त्यामा एकै समूह संलग्न रहेको निष्कर्षमा हामी पुगेका छौँ । घटनामा पाँचदेखि ६ जना सहभागी रहेको देखिन्छ । ह त्यामा भारतीय नागरिक पनि संलग्न रहेको संकेत मिलेको छ । हामी विस्तृत अनुसन्धान गरिरहेका छौँ ।

१२ र १३ माघमा धनपालथान बोर्डिङ टोलस्थित उखुबारीमा सुनसरी धरान उपमहानगरपालिका– ३ का राजेन्द्रकुमार श्रेष्ठ र सप्तरी शम्भुनाथ नगरपालिका– ४ का शम्भु चौधरीको शव फेला परेको थियो ।

मोरङ ह त्या अनुसन्धानका क्रममा प क्रा उ परेका अनिलकुमार मण्डलले दिएको बयानकै आधारमा थेचोमा गा डि एको शवबारे प्रहरीले थाहा पाएको हो ।

अपराध अनुसन्धान महाशाखा र जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी मञ्जिल मुकारुङ नेतृत्वको टोलीको संयुक्त प्रयासमा अनिलकुमार काठमाडौंबाट प क्रा उ परेका थिए ।

प क्रा उपछि उनलाई अनुसन्धानका लागि बिहीबार बिहान मोरङ जिल्ला प्रहरी कार्यालय लगिएको थियो । बयानका क्रममा उनले थेँचोमा पनि शव गा डिएको बताएका थिए ।

Related Articles

Back to top button