समाचार

तराईमा चलेको हावाहुरीले २ विद्यार्थी र एक महिलाको मृ’ त्यु

काठमाडौ । हावाहुरीले रूख ढ ल्दा धनुषामा एक बालक र एक बालिकाको मृ त्यु भएको छ । यता रौतहटमा एक महिलाको मृ त्यु भएको छ ।

धनुषाको सबैला नगरपालिका १२ स्थित फकिरचन्द उच्च माविको प्राङ्गणमा रहेको रूख ढ ल्दा एक बालक र एक बालिकाको मृ त्यु भएको हो ।

प्रहरीका अनुसार स्थानीय ८ वर्षीया प्रतिमा कुमारी सदा र ७ वर्षिय अरबन्दी सदाको मृ त्यु भएको छ । ठूलो हावाहुरीका कारण अचानक विद्यालय विद्यालय प्राङ्गणमा रहेको मसालाको रूख ढल्दा दुवै जनाको टाउकोमा चोट लागेर घटनास्थलमै मृ त्यु भएको धनुषाका एसपी बसन्त रजौरेले जानकारी दिए ।

उता रौतहटको बौधीमाई नगरपालिका(१ मा हावाहुरीका कारण घर ढ ल्दा एक महिलाको मृ त्यु भएको छ । मृ त्यु हुनेमा स्थानिय ४५ वर्षीया फुलमतीया देवी रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

यो पनि पढ्नुहोस्, गोकर्णेश्वर नगरपालिका भित्रका विद्यालय आगामी आइतबारदेखि खुल्ने भएका छन् । नगरपालिकाले सूचना जारी गर्दै विद्यालय खुल्ने जानकारी दिएको हो ।

नगरपालिकाले नगर भित्रका सबै विद्यालय भौतिक दूरीसहित स्वास्थ्य मापदण्ड पुरा गरी सञ्चालन गर्न अनुरोध गरेको छ ।

मापदण्ड पुरा गरे÷नगरेको अनुगमन गर्ने नगरपालिकाका शिक्षा, स्वास्थ्य तथा खेलकुद शाखाका उपसचिव विजयप्रसाद आचार्यले जानकारी दिनुभयो । विद्यालय सम्बद्ध विभिन्न पेशागत संघ संगठनको माग अनुसार कक्षा सञ्चालन गर्ने निर्णय गरिएको सूचनामा उल्लेख छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंको आदेशविपरीत गोकर्णेश्वर नगरपालिकाले विद्यालयमा भौतिक रुपमा विद्यार्थी उपस्थित गराएर पठनपाठन गराउने निर्णय गरेको छ ।

Related Articles

Back to top button