समाचार

श्रीमतीलाई माइती पक्षले नपठाएपछि ज्वाइँले सासुलाई ब’न्चरो प्र’हार गरेर ह’त्या

काठमाडौं, भारतमा श्रीमतीलाई माइती पक्षले नपठाएपछि ज्वाइँले सासुलाई ब’न्चरो प्र’हार गरेर ह’त्या गरेका छन् । ज्वाइँ आफ्नी श्रीमतीलाई लिन ससुराली घरमा गएको र माइती पक्षले छोरीलाई पठाउन नमानेपछि झ’गडा बढ्दै जा’दाँ ज्वाइँले सासुलाई ब’न्चरोले टाउकोमा प्रहार गरेका थिए ।

यो घटना भारतको महाराष्ट्रको अमरावतीमा भएको हो । घटना भए लगतै परिवारले ती महिलालाई अस्पताल लगेका थिए । तर, महिलाको मृत्यु भइसकेको थियो । सासुको ह’त्या पश्चात आ’रोपी ज्वाई घटनास्थलबाट नै फ’रार भएको प्रहरीले जनाएको छ । प्रहरीले आ’रोपीको खोजी कार्य गरिरहेको छ । मृतकको परिवारले अ’पराधीलाई छिटो भन्दा छिटो प’क्राउ गर्न प्रहरी समक्ष अ’नुरोध गरेको छ ।

यो पनि पढ्नुहोस:

सोलुखुम्बु,शिक्षा समन्वय एकाइ सोलुखुम्बुका सबइन्जिनियर पवनकुमार यादवलाई नेकपाले कालोमोसो र जुत्ताको माला लगाएर कारवाही गरेको छ । सबइन्जिनियर यादवले विद्यालय भवन निर्माण गर्दा आर्थिक भ्रष्टाचार गरेको प्रमाणसहित सोमबार दिउँसो कार्यालयमा पुगेका नेकपा निकट अखिल (क्रान्तिकारी) कार्यकर्ताले यादवलाई कालोमोसो र जुत्ताको माला लगाइदिएका हुन् ।

दिउँसो १ बजे कार्यालयमा आएका १० जना युवाले नाराबाजीसहित आफूलाई कालोमोसो र जुत्ताको माला लगाइदिएको यादवले बताएका छन् । कारबाहीपछि विद्यार्थी संगठनले कार्यालयको मुख्य द्वारमा प्रेस विज्ञप्तिसमेत टाँसेको छ ।

संगठनका संयोजक एकराज राईद्वारा हस्ताक्षरित विज्ञप्तिमा शिक्षा समन्वय एकाइका सबइन्जिनियरहरु पवनकुमार यादव र नवीनकुमार सिंहले जिल्लाको महाकुलुङ गाउँपालिका क्षेत्रका विद्यालय भवनहरु निर्माण गर्दा आर्थिक भ्रष्टचार गरेको उल्लेख छ ।

आफूहरुले उक्त रकम विद्यालयलाई फिर्ता गर्न पटकपटक आग्रह गरे पनि बेवास्ता गरेका कारण सांकेतिक रूपमा कारबाही गरेको विज्ञप्तिमा भनिएको छ । साथै उक्त रकम तत्काल फिर्ता नगरे भौतिक कारबाही गर्ने चेतावनीसमेत विज्ञप्तीमार्फत दिइएको छ ।

दुवै सबइन्जिनियरले महाकुलुङको कैलास प्राथमिक विद्यालय भवन निर्माण गर्दा १ लाख ९० हजार, पेल्माङ माध्यमिक विद्यालयमा ५० हजार, बाखोर र चेपेल निम्नमाध्यमिक विद्यालयमा ३५÷३५ हजार र खिरौले निम्नमाध्यमिक विद्यालयमा ७५ हजार रुपैयाँ भ्रष्टाचार गरेको संगठनले जनाएको छ ।

Related Articles

Back to top button