समाचार

सरकारलाई झुक्न बाध्य पार्ने ‘ट्रान्सजेण्डर’ महिला अनीरा कबीर

१९ माघ, काठमाडौं । अनीरा कबीरले दुई महिनामा १४ पटक अन्तर्वार्ता दिइन् । अन्तर्वार्तामा जाँदा उनले मास्क र टोपी लगाएकी थिइन् । उनको अनुहारको अधिकांश भाग मास्कले छोपिएको थियो ।

३५ वर्षीया अनीरा ट्रान्सजेण्डर महिला हुन् । उनले महिलाले भोग्नु परेका समस्याबाट पार पाउनका लागि मास्क र टोपी लगाएर अन्तर्वार्तामा जानु परेको बताएकी छन् । उनले यसअघिका १३ वटा अन्तर्वार्तामा अनेकौं समस्या झेलिसकेकी थिइन् ।अनीराले दक्षिण भारतीय राज्य केरलाको एक सरकारी स्कुलमा अस्थायी शिक्षकका रुपमा जागिर पाएकी थिइन् । तर उनले स्कुलले दुई महिना पनि नपुग्दै आफूलाई जागिरबाट हटाएको आरोप लगाएकी छन् ।

स्कुलका प्रिन्सिपलले अनीराको आरोपलाई झुट भएको जनाएका छन् । उनले अनीरालाई स्कुलले जागिरबाट नहटाएको भन्दै प्रमुख जिल्ला अधिकारीलाई अनीराले गलत बुझेको बताएका छन् ।जागिरबाट निकालिएपछि अनीराले जनवरीमा सरकारसँग कानूनी सहायता माग गरिन् । उनलाई एक वकिल चाहिएको थियो जसले इच्छा मृत्युका लागि निवेदन दर्ता गर्न सकुन । ‘म काम गरेर खान चाहन्छु, तर यो पनि असम्भव भएको छ,’ अनीराले भनेकी थिइन् ।

अनीरा केही गरेर बाँच्न चाहन्थिन् । उनलाई कुनै हालतमा मर्नु थिएन । आफूजस्तै लाखौं अरु ट्रान्सजेण्डरहरुका लागि पनि काम गर्नु थियो । भारत जस्तो मुलुकमा अनीराको यस्तो कदम सामान्य थिएन ।
आफूलाई स्कुलले जागिरबाट निकालेपछि उनलाई गुजारा गर्न निकै गाह्रो भयो । उनले पाएको जागिरबाट समेत हात धुनु पर्‍यो ।

स्कुलले जागिरबाट निकालेपछि अनीराले मृत्यु बाहेकको विकल्प देखिनन् । उनले इच्छामृत्युको कानून भएका मुलुकको बारेमा अध्ययन गर्न थालिन् । तर भारतमा ‘प्यासिभ’ इच्छामृत्युको कानून मात्रै छ । प्यासिभ इच्छामृत्यु भन्नाले प्राकृतिक रुपमा बाँच्न नसक्ने अवस्था हो । जस्तै, कुनै मान्छे बिरामी छ र उसलाई चिकित्सकीय विधि र पद्धतिबाट मात्रै बचाउन सकिन्छ । तर उसलाई कृत्रिम स्रोत साधनबिना बचाउन सकिँदैन । उसलाई बचाउन कुनै विशेष पद्धति र विधि चाहिन्छ अरुको सहारा बिना बाँच्न सक्दैन भने त्यस्तो अवस्थामा बिरामीको सहमतिमा त्यो उपचार विधि र स्रोत साधन हटाइन्छ ।

अनीराको संघर्ष

‘मलाई थाहा छ कानूनले इच्छा मृत्युका लागि अनुमति दिँदैन, तर म यसबाट सबैसमक्ष सन्देश पुर्‍याउन चाहन्थें,’ कबीराले भनेकी छन् ।सरकारको आफ्ना कुरा सुनोस् र इच्छामृत्युको कानूनका बारेमा व्यवस्था गरोस् अनीराको चाहना थियो । अनीराको कुरा सरकारले सुन्यो र अनीराका लागि अर्को जागिरको व्यवस्था गर्‍यो ।अनीरा केही गरेर बाँच्न चाहन्थिन् । उनलाई कुनै हालतमा मर्नु थिएन । आफूजस्तै लाखौं अरु ट्रान्सजेण्डरहरुका लागि पनि काम गर्नु थियो । भारत जस्तो मुलुकमा अनीराको यस्तो कदम सामान्य थिएन । अहिले उनको अठोट र प्रतिज्ञाबाट सबैले प्रेरणा पाएका छन् ।

न्यायका लागि भारतीयहरुले वर्षौंदेखि विभिन्न भोक हड्ताल गर्दै आएकाछन् । यस्तै कम्मरभन्दा माथि पानीमा डुबेर र जिउँदा मुसालाई मुखले समात्ने जस्ता किसिमका विरोध गरिरहेका छन् ।महात्मा गान्धीकालमा अहिंसात्मक आन्दोलन चलेको भएपनि त्यसले निरन्तरता पाउन सकेन । भारतजस्ता देशमा अहिंसा, अशान्ति र न्यायलाई सधैं उपेक्षा गर्ने गरिएको छ ।हैदराबाद विश्वविद्यालयमा राजनीतिक विज्ञानकी प्राध्यापक अनघा इंगोलाले अनीराको काम भारत सरकार आफ्ना कानून र वाचा पूरा गर्न असक्षम रहेको प्रमाणित गर्नु बताएकी छन् । ‘भारत सरकार नागरिकको काम गर्न पाउने अधिकारको सुरक्षा गर्न असक्षम रहेको सावित भएको छ,’ इंगोलाले भनेकी छन् ।

भारतमा करिब २० लाख ट्रान्सजेण्डर रहेको अनुमान गरिएको छ । तर सामाजिक अभियन्ताका अनुसार यो संख्या अझै बढी छ । सन् २०१४ मा भारतको सर्वोच्च अदालतले ट्रान्सजेण्डर महिलाको अधिकार अन्य नागरिक समान हुने फैसला सुनाएको थियो ।तर भारतमा ट्रान्सजेण्डर समूहका नागरिक शिक्षा स्वास्थ्यमा आफ्नो पहुँच पुर्‍याउन संघर्ष गरिरहेका छन् । समान अवसर नदिइने तथा उनीहरुलाई हेर्ने समाजको दृष्टिकोणका कारण उनीहरु कोही भिख मागेर त कोही यौनजन्य क्रियाकलापमा संलग्न भएर गुजारा गर्न बाध्य छन् ।

अनीराले ट्रान्सजेण्डरका लागि सरकारले राजनीतिक संरक्षण र सरकारी सेवा सुविधामा आरक्षणको व्यवस्था गर्नुपर्ने माग गरेकी छन् । ‘म कहिल्यै इच्छामृत्युबारे सोच्न पनि सक्दिनथें । तर हाम्रा लागि बाँच्ने विकल्प के ? मलाई जन्मका आधारमा दिइएको पहिचानले वर्षौंसम्म समस्या झेल्दै आइरहेकी छु,’ केरलाको पलक्कड जिल्लामा जन्मेकी अनीरा भन्छिन् ।अन्ततः झुक्यो सरकारआफ्नो पहिचान बनाउन संघर्ष गरिरहेकी अनीरा आफ्नो परिवारका बारेमा बोल्न चाहँदिनन् । उनका भाइको निधनले उनको परिवार शोकबाट अझै बाहिर आउन सकेको छैन ।

उनले पलक्क्ड जिल्लामा रहेका अन्य ट्रान्सजेण्डरलाई खोज्ने प्रयास गर्दा कबीर किशोरी नै थिइन् । ट्रान्सजेण्डर खोज्ने क्रममा एक दिन उनको गिरफ्तारी भएपछि उनी रोकिइन् ।कतै काम नपाएपछि उनले कानूनी सहायता लिने निर्णय लिइन् । उनीबारेको समाचार एकाएक भाइरल बन्यो । समाचार भाइरल बनेपछि केरलाका शिक्षामन्त्रीले तुरुन्तै उनको माग सम्बोधन गर्ने तत्परता देखाए ।
एउटा अखबारमा ट्रान्सजेण्डरको फोटो देखेपछि अनीरा घरबाट भागेर बैङ्लोर पुगिन् । त्यहाँ उनले एउटा ट्रान्सजेण्डर समूह फेला पारिन् र त्यो समूहले उनलाई स्वीकार गर्‍यो । तर उनको जीवन संघर्ष कम भएन । उनका साथीहरुले आफ्नो पहिचान बदल्न भन्दै शल्यक्रियाका लागि वर्षौंसम्म भिख मागे ।

निरास भएर अनीरा घर फर्किइन् । ‘मैले मेरो परिवारले चाहेको जसरी जीवन बिताउन धेरै प्रयास गरें,’ उनी भन्छिन् ।अनीराका आसपासका मानिस उनलाई पुरुष बनाउन चाहन्थे । जसका लागि उनलाई चुरोट पिउनु, व्यायामशाला जानु र व्यक्तित्व विकासका अन्य कार्य गर्नुपथ्र्यो । तर यी सबै कुरा सुनिरहँदा पनि उनी कहिल्यै दुःखी भइनन् । अनीराले कडा मेहनत गरेर अध्ययन गरिन् । उनमा सानैदेखि बच्चा पढाउने सौख र जोश थियो । उनी नजिकका बच्चालाई पढाउथिन् पनि । घर छाडेपछि पनि उनले आफ्नो सपना भने छाड्न सकिनन् ।

अनीराले तीनवटा विषयमा स्नातकोत्तर गरिसकेकी छन् । जसमा एउटा शिक्षा विषय पनि छ । उनले राज्यस्तरीय एउटा परीक्षा उत्तीर्ण गरिसकेकी छिन्, जसले उनलाई माथिल्लो कक्षाका विद्यार्थीलाई पढाउन अनुमति दिन्छ । तर जागिरका लागि दिइएका अन्तर्वार्तामा उनले असहज प्रश्नको सामना गर्नुपर्‍यो ।एक जना अन्तर्वार्ताकारले अनीरालाई ‘तिमीले विद्यार्थीलाई यौनिक आँखाबाट हेर्दैनौ भन्ने कुरा कसरी विश्वास गर्ने’ भनेर प्रश्न गरे । उनी सुनाउँछिन्, ‘जुन कामका लागि मलाई पास गरियो त्यो भन्दा मेरो योग्यता माथि थियो ।’ उनको नियुक्ति सामाजिक विज्ञानको शिक्षकका रुपमा भएको थियो । उनले नियुक्तिपछि आफ्नो वास्तविकता स्कुलका अधिकारीलाई बताएकी थिइन् ।

‘म ट्रान्सजेण्डर महिला हुँ, म अन्तर्वार्तामा पुरुषको भेषमा आएकोमा माफी माग्छु, जागिरविना घरभाडा समेत तिर्न नसक्ने अवस्था रहेको बताएँ,’ उनी भन्छिन् । अनीराले पढाउन शुरु गरेपछि सहकर्मीहरु उपेक्षा गर्न थाले । विभिन्न तिखा टिप्पणीको सामना गर्नुपर्‍यो । तर त्यहाँका विद्यार्थी भने राम्रा थिए उनीहरुले कुनै टिका टिप्पणी गरेनन् ।

अनीराका अनुसार गत जनवरी ६ मा उनलाई अचानक विद्यालय नआउन भनियो । आफूलाई नियम विपरीत बर्खास्त गरिएको उनको भनाइ छ । जागिरबाट निकालिएपछि उनी निराश र चिन्तित बनिन् । काम खोज्नका लागि उनी स्कुल नजिकैको पसलमा गइन् तर उनले काम पाइनन् ।कतै काम नपाएपछि उनले कानूनी सहायता लिने निर्णय लिइन् । उनीबारेको समाचार एकाएक भाइरल बन्यो । समाचार भाइरल बनेपछि केरलाका शिक्षामन्त्रीले तुरुन्तै उनको माग सम्बोधन गर्ने तत्परता देखाए ।

शिक्षामन्त्रीले अनीरालाई भेटे । अहिले उनले पलक्कडको एक सरकारी कार्यालयमा अस्थायी जागिर शुरु गरेकी छन् ।न्यायका लागि लामो पर्खाइसन् २०१८ मा शानवी पुन्नोसामीले भारतका राष्ट्रपति रामनाथ कोविन्दलाई इच्छामृत्युको माग गर्दै पत्र लेखिन् । गत वर्ष एअर इण्डियाले ट्रान्सजेण्डरलाई भर्ना गर्ने नीति नभएको भन्दै उनले सर्वोच्च अदालतमा निवेदन दर्ता गराएकी थिइन् ।

महिनौं बित्दासमेत विमान कम्पनी र सरकारले उक्त निवेदनको सुनवाइ गरेनन् । बरु कम्पनीले निवेदनलाई व्यर्थको भन्दै उल्टै मानहानी विरुद्ध मुद्दा हाल्ने धम्की दियो ।

उनको मुद्दा अदालतसम्म पुग्यो । उनले राष्ट्रपतिलाई पत्र लेख्दै केही परिवर्तन नभएको गुनासो गरिन् । ‘हाम्रो लागि के बदलियो, केही बदलिएन मलाई कुनै जवाफ नै आएन,’ शानवीले भनेकी छन् ।

एअर इण्डियालाई अहिले निजी कम्पनी टाटाले खरिद गरेको छ । योसँगै उनको जागिर पाउने आशा कमजोर बन्दै गएको छ ।

शानवीले मद्रास उच्च अदालतमा कानूनी लडाइँमा अहिलेसम्म भएको खर्चको क्षतिपूर्ति माग गर्दै मुद्दा दायर गरेकी छन् । ‘यस्तै प्रणाली रहिरहने हो भने हामीजस्ताले कसरी बाँच्ने ?’ उनको प्रश्न छ ।

Related Articles

Back to top button