समाचार

उपचार नपाउँदा खोरमा थु निन वाध्य एक महिला ,थु निएको ६ वर्षपछि उ द्धार हुदै

पाँचथर : मानसिक समस्या देखिएपछि उपचार नपाउँदा खोरमा थु निएकी फाल्गुनन्द गाउँपालिका ४ चिलिङदिनकी ३५ वर्षीया नन्दकुमारी नेम्वाङको आइतबार उ द्धार गरिएको छ । कमजोर आर्थिक अवस्थाका कारण उपचार गर्न नसक्दा परिवारका सदस्यले ६ वर्षदेखि खोरमै थुनेर राखेको थाहा पाएपछि राष्ट्रिय महिला आयोगले उनको उ द्धार गरेको हो ।

जिल्ला प्रशासन कार्यालय पाँचथर र फाल्गुनन्द गउँपालिकाले नेम्वाङलाई उ द्धार गरेर उपचारका लागि काठमाडौं पठाएका हुन् । महिला आयोगले जिल्ला प्रशासन कार्यालय र फाल्गुनन्द गउँपालिकालाई पत्र लेखी उ द्धार गरेर काठमाडौं पठाउन समन्वय गर्ने जिम्मेवारी दिएको पाँचथरका प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले बताउनुभयो ।

नेम्वाङको हेरचाह गर्ने आमा पृथ्वीमायाको पनि स्वास्थ अवस्था कमजोर भएको जानकारी पाएपछि आयोगको ध्यानाकर्षण गरेको आयोगकी सदस्य तथा १ नम्बर प्रदेश संयोजक कृष्णकुमारी खतिवडाले जानकारी दिनुभयो । नेम्वाङको उपचारमा लाग्ने सबै खर्च व्यहोर्दै निको भएपछि परिवारमा पुनः स्थापना गर्नेसम्मको जिम्मेवारी आयोगले नै लिएको उहाको भनाइ छ ।

उनलाई पहिलो तीन महिना ‘कोसिस नेपाल’मा राखेर उपचार गरिने र पछि आवश्यकता अनुसार अन्य अस्पतालमा रेफर गर्ने व्यवस्था मिलाइएको पनि खतिवडाले बताउनुभयो ।

उनको उ द्धारको क्रममा प्रजिअ न्यौपानेसहित फाल्गुनन्द गाउँपालिकाका जनप्रतिनिधिहरू पीडित युवतीको घरमै पुगेका थिए । नेम्वाङलाई काठमाडौंसम्म लैजान लाग्ने यातायात सहितका सबै प्रकारका खर्च फाल्गुनन्द गाउँपालिकाले व्यहोरेको छ ।

रगतमा कसरी बढ्छ कोलेस्ट्रोल, के गर्ने ? के नगर्ने ? जान्नुहोस्

रातो मासु, अण्डा, दूध, मदिरा आदिको प्रयोगले शरीरमा कोलेस्ट्रोलको मात्रा बढ्ने चिकित्सकहरूले बताएका छन् । शरीरमा कोलेस्ट्रोलको उचित व्यवस्थापन र स्वास्थ्य रहनका लागि सागसब्जी र हरियो तरकारी खान उपयुक्त हुन्छ । शाकाहारी पनि सबै प्रडक्ट राम्रो हुँदैनन् । दूधको धेरै प्रयोग गर्दा कोलेस्ट्रोलको मात्रा बढ्न सक्छ ।

मासुमा बोसोको मात्रा बढी हुने भएकाले शरीरमा कोलेस्ट्रोलको मात्रा बढ्छ। माछामा गुड कोलेस्ट्रोल हुने भएकाले यसको प्रयोगले त्यति असर गर्दैन। फ्राइ गरेको माछाले कोलेस्ट्रोल बढाउन सक्छ ।

अण्डा हप्तामा दुईसम्म खादा हुन्छ । अन्डाको सेतो भागमा कोलेस्ट्रोलको मात्रा कम हुन्छ । मदिराले गुड कोलेस्ट्रोलको मात्रा घटाउँछ भन्ने भ्रम छ । मदिराले केही मात्रामा गुड कोलेस्ट्रोल घटाउँछ। मदिरामा बढी क्यालोरी हुन्छ ।

मदिराले ब्लडप्रेसर, डाइबिटिजलगायतका समस्या पनि निम्त्याउँछ । विशेषगरी बियरले ट्राइग्लिसेराइड्सको मात्रा बढाउँछ ।मधुमेहको समस्या भएका मानिसले खानामा नियन्त्रण त गर्छन् तर उनीहरूको शारीरिक स्ट्रक्चर कस्तो हुन्छ भने थोरै मात्र बोसोयुक्त खानेकुरा खाँदा पनि त्यसले नकारात्मक असर पार्छ।

Related Articles

Back to top button