समाचार

माइतबाट घर फर्केकी निर्मला छोराछोरी सहित बे प त्ता

दाङबाट सल्यान आउँदै गरेकी एक महिला छाेराछाेरी सहित स म्पर्कबिहिन भएकी छन् । माघ ८ गते दाङ तुलसीपुरबाट बसमा हिडेकी सल्यान बागचाैर नगरपालिका ६ बाङ्तिरेकी अन्दाजी २९ वर्षकी निर्मला परियार आफ्ना दुइ छाेराछाेरी सहित स म्पर्कबिहिन भएकाे परिवारले जनाएकाे छ । दाङकाे शान्तिनगर पातेटाकुरा माइत भएकी निर्मला माघ २ गते सल्यानबाट पातेटाकुरा माइत गएकी थिइन् । ७ दिनकाे माइत बसाइपछि माघ ८ गते तुलसीपुरकाे बसपार्कबाट बसमा बसेर घर फर्किन लागेकी उनि स म्पर्कबिहिन बनेकी हुन् ।

८ वर्षीय छाेरा र १० वर्षीया छाेरी सहित उनि स म्पर्कबिहिन भएकाे देउरानी संगीता परियारले लेकाली अनलाइनलाइ बताइन् । माइतबाट तुलसीपुर बसपार्कसम्म आएर फुपूले रुकुम जाने बसमा बसाल्नु भएकाे रहेछ”, संगीताले भनिन् । “बसमा बसिसकेपछि हामीले दिउँसाे फाेन गर्दा लागेन् । अनि अहिलेसम्म स म्पर्कबिहिन हुनुहुन्छ ।” उनकाे खाेजीका लागि प्रहरीमा खबर गरेकाे संगिताले बताइन् । संगीताका श्रीमान भने वैदेशिक राेजगारकाे लागि मलेसीयामा छन् । उनलाइ कसैले देखेमा ९८६०६३९४०० मा सम्पर्क गरेर खबर गर्दिन परिवारले आग्रह गरेकाे छ ।

यस्तै,,बैतडीमा बस दु’र्घटना हुँदा ८ जना घा’इते भएका छन्। बिहीबार बिहान महेन्द्रनगरबाट छुटेकाे ना ७ ख २५७० नम्बरको बस मेलौली नगरपालिका-२ मा दु’र्घटनामा परेकाे थियाे। साे दुर्घटनामा कञ्चनपुरको दैजी बस्ने ३१ वर्षीया पुजा भट्ट, बैतडीको मेलौलीका ४८ वर्षीय कमलापति भट्ट, साेहि नगरपालिकाका ३४ वर्षीय दुर्गादत्त भट्ट, मनिष चन्द घा’इते भएका छन्।

यस्तै शिवनाथ गाउँपालिकाका २९ बर्षीय जनक औजी, सुशीला चन्द, ६८ वर्षीय राम सिंह साउद रहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ। यस्तै साेहि दु’र्घटनामा बारा जिल्ला घर भएका ४५ बर्षीय सिराज अन्सारी पनि घा’इते भएका छन् घाइ’ते आठै जनाकाे डडेलधुरा अस्पतालमा उपचार भइरहेको छ। प्र’हरीले घ’टनाबारे अनुसन्धान गरिरहेकाे जनाएको छ।

Related Articles

Back to top button