समाचार

बाबालाई फोन गरेर भनिन् ‘आ त्म ह त्या गर्दैछु’, त्यसपछि ६ तला माथिबाट हा म्फा लिन्

काठमाडौं। एक मोडलले आइतबार भवनको छैटौं तलाबाट हा म्फा लेकी छिन् । उनले आ त्म ह त्या गर्ने नियतले हा म्फा लेको भए पनि उनको ज्यान भने जान पाएन । भारतको राजस्थान राज्यको जोधपुर सहरको रातानाडामा रहेको एक होटलबाट उनले हा म्फा लेकी हुन् । यी मोडलको नाम गुनगुन उपाध्याय भएको बताइएको छ ।

उनी जोधपुरकै माता का थान निवासी गणेश उपाध्यायकी छोरी भएको बताइएको छ । उनी रातानाडास्थित होटल लर्डसमा बसेकी थिइन् । अहिले अस्पतालमा उनको उपचार भइरहेको छ । उनी खतरामुक्त भएको बताइएको छ ।

पुलिसले भारतीय मिडियालाई दिएको जानकारीअनुसार गुनगुन मोडलिङ गर्छिन् । उनी शनिबार उदयपुरबाट जोधपुर आएकी थिइन् । जोधपुर आएपछि उनले पितालाई फोन गरेर आफू आ त्म ह त्या गर्न गइरहेको बताएकी थिइन् । उनले पितालाई आफ्नो अन्तिम अनुहार हेर्न भनेकी थिइन् । त्यसपछि पिता गणेशले तत्काल पुलिसमा सम्पर्क गरेका थिए ।

पिताको सूचनापछि एसीपी देरावर सिंहले फोन नम्बरका आधारमा गसनगुन भएको ठाउँ पत्ता लगाएका थिए । त्यसपछि पुलिस होटल पुगेको थियो तर पुलिसले उनलाई बचाउन नपाउँदै उनले छैटौं तलाबाट हा म्फा लिन् । उनलाई तत्काल मथुरादास माथुर अस्पताल लगियो ।

अस्पतालका डाक्टरले उनको छाती र खुट्टाको हड्डी भाँचिएको बताएका छन् । अहिले पनि उनको स्थिति गम्भीर छ । उनले आ त्म ह त्या को प्रयास किन गरिन् भन्ने प्रस्ट भइसकेको छैन । उचाइबाट तल खस्ता उनको धेरै रगत बगेको डाक्टरले बताएका छन् । डाक्६रका अनुसार उनी अहिले केही बताउने अवस्थामा छैनन् । होस आएपछि मात्रै आ त्म ह त्या को कारणबारे खुलासा हुन सक्नेछ ।

रगतमा कसरी बढ्छ कोलेस्ट्रोल, के गर्ने ? के नगर्ने ? जान्नुहोस्

रातो मासु, अण्डा, दूध, मदिरा आदिको प्रयोगले शरीरमा कोलेस्ट्रोलको मात्रा बढ्ने चिकित्सकहरूले बताएका छन् । शरीरमा कोलेस्ट्रोलको उचित व्यवस्थापन र स्वास्थ्य रहनका लागि सागसब्जी र हरियो तरकारी खान उपयुक्त हुन्छ । शाकाहारी पनि सबै प्रडक्ट राम्रो हुँदैनन् । दूधको धेरै प्रयोग गर्दा कोलेस्ट्रोलको मात्रा बढ्न सक्छ ।

मासुमा बोसोको मात्रा बढी हुने भएकाले शरीरमा कोलेस्ट्रोलको मात्रा बढ्छ। माछामा गुड कोलेस्ट्रोल हुने भएकाले यसको प्रयोगले त्यति असर गर्दैन। फ्राइ गरेको माछाले कोलेस्ट्रोल बढाउन सक्छ ।

अण्डा हप्तामा दुईसम्म खादा हुन्छ । अन्डाको सेतो भागमा कोलेस्ट्रोलको मात्रा कम हुन्छ । मदिराले गुड कोलेस्ट्रोलको मात्रा घटाउँछ भन्ने भ्रम छ । मदिराले केही मात्रामा गुड कोलेस्ट्रोल घटाउँछ। मदिरामा बढी क्यालोरी हुन्छ ।

मदिराले ब्लडप्रेसर, डाइबिटिजलगायतका समस्या पनि निम्त्याउँछ । विशेषगरी बियरले ट्राइग्लिसेराइड्सको मात्रा बढाउँछ ।मधुमेहको समस्या भएका मानिसले खानामा नियन्त्रण त गर्छन् तर उनीहरूको शारीरिक स्ट्रक्चर कस्तो हुन्छ भने थोरै मात्र बोसोयुक्त खानेकुरा खाँदा पनि त्यसले नकारात्मक असर पार्छ।

Related Articles

Back to top button