समाचार

बाबुराम पार्टी अध्यक्ष , प्रचण्ड पूरै कार्यकाल प्रधनमन्त्री हुने गरि माओवादी एकता गर्ने सम्झौता !

काठमाडौं । नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टीबीच पार्टी एकता हुने भएको छ । त्यसका लागि गृहकार्य भइरहेको श्रोतले जनाएको छ ।

पार्टी एकता भए जनयुद्धका मुख्य योजनाकार पुष्पकमल दाहाल (प्रचण्ड) र बाबुराम भट्टराई एउटै पार्टिमा रहने सभांबना बढेको छ । पार्टी एकीकरण गर्न माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गरेको प्रस्तावलाई जनता समाजवादी पार्टीले सकारात्मक रुपमा लिएपछि यसको सम्भावना झन बढेको हो ।

सर्लाहीमा आयोजित कार्यक्रममा प्रचण्डले माओवादी र जसपाबीच छिटो भन्दा छिटो एकता गर्न प्रस्ताव गरेपछि जसपाका एक प्रभावशाली नेता मनिष सुमनले आफूहरु पनि एकताकै पक्षमा रहेको बताए ।

तर त्यसका लागि प्रदेशको सिमांकन फेर्ने, नागरिकताको समस्या समाधान गर्नुपर्ने र लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने लगाययका मधेसी जनताका मागहरु सम्बोधन गर्न प्रचण्ड तयार हुनुपर्ने उनले बताए ।

आफूहरुका यी माग सम्बोधन गर्न प्रचण्ड तयार भए एकीकरण टाढा नरहेको पनि उनले बताए ।सर्लाहीमा आयोजित कार्यक्रममा प्रचण्डले जसपा अध्यक्ष उपेन्द्र यादव र नेता महिन्द्रराय यादवलाई छिटो पार्टी एकता गर्न अपील गरेका थिए ।

क्षेत्रीय पार्टीबाट मधेसी र पहाडीया जनताको मुक्ति नहुने दा बी गर्दै प्रचण्डले एकीकरण गरेर पार्टीलाई टापु हैन महासागर बनाउन प्रस्ताव गरे । प्रचण्डले पार्टी एकता गरेमा जसपाका नेताहरुलाई सम्मान र अधिकार दिन कुनै कमि नहुने आश्वासन दिए ।

पार्टी एकीकरणको प्रस्तावका लागि प्रचण्डलाई धन्यवाद दिँदै जसपा नेता सुमनले साच्चै एकता चाहने हो भने मधेसका माग र मुद्दाको सम्बोधन हुनुपर्ने बताए । अन्यथा एकीकरणको कुरा भाषणमा मात्रै सीमित हुने उनले बताए । प्रचण्डले नागरिकता लगायतका विषयमा पनि सत्ता पक्ष र प्रतिपक्षबीच संवाद गरेर निर्णयमा पुगिने बताएका छन्।

एमालेको बीऊ नै रहेन देशकै नमुना जिल्ला, सबै एकीकृत समाजवादीमा प्रवेश !
माधव कुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीले आफ्नो पकड बलियो बनाउदै लगेको छ । यही क्रममा जुम्ला जिल्लाको पूरै एमाले नेकपा एकीकृत समाजवादीमा विलय भएको छ । कुल ६१ जना जिल्ला समिति सदस्यमा ५८ जना एकीकृत समाजवादीतिर ढल्किएका हुन् ।

दुई जना निर्वाचित जनप्रतिनिधि र एकजना मनोनित सदस्यले मात्र एमालेमै बस्ने निधो गरेसँगै एमालेको पूरै भाग एकीकृत समाजवादीमय भएको हो । नेकपा एमालेतिर हाल मेनका पछाई, लाल भट्टराई लगायतका नेताहरु मात्रै रहेको बताइएको छ ।

जिल्ला अध्यक्ष तीर्थबहादुर बुढा, उपाध्यक्ष नन्दराम रोकाया, सचिव आदीप्रसाद न्यौपाने र उपसचिव राजबहादुर शाहीले संयुक्त विज्ञप्ति निकालेर सिङ्गो एमाले जिल्ला कमिटी समाजवादी पार्टीमा रुपान्तरण भइसकेको जानकारी दिएका छन् । यसअघि जुम्लाबाट कर्णाली प्रदेश सभामा प्रतिनिधित्व गर्ने पदमबहादुर रोकायाले प्रदेश निर्वाचन कार्यालयमा गएर समाजवादीमा सनाखत गरिसकेका छन् ।

धीर बोहोरा मनोनित सदस्य भएकोमा पार्टीले यसअघि निष्काशन गरिसकेको थियो । योसँगै युवा संघ नेपाल, अखिल नेपाल महिला संघ, अखिल नेपाल किसान महासंघ, प्राध्यापक संघ ,शिक्षक संगठन, निजामति कर्मचारी संगठन र त्रिवि मातहतका सबै संगठन समाजवादी लागेको एकीकृत समाजवादीले दावी गरेको छ।

०७४ को निर्वाचनमा जुम्लामा एमालेले अध्यक्षमा १, उपाध्यक्षमा १ र १७ वटा वडामा वर्चश्व कायम गरेको थियो । जसमध्ये अध्यक्ष जितेका तिला गाउँपालिका अध्यक्ष रतननाथ योगी आफु एमालेमै रहेको रातोपाटीलाई जानकारी दिए । यस्तै उनको वडा तहका जितेका वडा–३ वडामा कालीबहादुर रावत, ३ मा सिंह बुढा, ४ मा सन्तबहादुर शाही पनि एमालेमै रहेका छन् ।

१७ जनामध्ये ८ जना वडा अध्यक्ष एमालेमै रहेका छन् भने ३ जनाले अहिलेसम्म प्रष्ट धारणा बनाएका छैनन् । यस्तै बाँकी ६ जनाले एकीकृत समाजवादी रोजेका छन् । उपाध्यक्षमा जितेकी सिंजा गाउँपालिकाकी जन्मकन्या खत्री यसअघि एमालेमै रहेकी थिइन् । यद्यपि, उनी एकीकृतमा खुल्ने मनसाय बनाएको समाजवादीले दा वी गरेको छ ।

चन्द्रनाथ नगरपालिकाका –६ को अध्यक्षमा अजबहादुर रावल, ७ मा नरविर रावल, ८ नरजित दमाई, तालोपानी गाउँपालिका–४ को अध्यक्षमा धीर जैसी, ८ मा कृण्णबहादुर शाही लगायत वडाअध्यक्षहरूले समाजवादीमा सनाखत गरिसकेका छन् । एकीकृत समाजवादीमा पूरै एमाले रुपान्तरित भएसँगै एमालेमा सन्नाटा छाएको छ र ठूलो झ ड्का लागेको छ ।

 

Related Articles

Back to top button