समाचार

घर भत्किँदा एकै घरका ३ जनाको मृत्यु, अन्य ४ छोरीहरू भने भाग्यले बाँचे

प्यूठानको नौबहिनी गाउँपालिका–१ स्याउलिबाङ चौतारामा गए राति घर भत्किदा एकै परिवारका तीन जनाको मृत्यु भएको प्रहरीले बताएकाे छ । उक्त घटनामा मृत्यु हुनेमा ४० वर्षीय वोम बहादुर मल्ल, उनकी ३३ वर्षीया श्रीमती गमी मल्ल र ३ वर्षीय छोरा शिशीर मल्ल रहेको प्रहरीले बताएकाे छ ।

एउटा कोठा मात्र भत्केको स्थानीयकाे भनाइ रहेकाे छ । बिहान स्थानियले देखेपछि प्रहरीलाई खबर गरेका थिए । घटना कतिबेला भयो भन्ने अनुमान गर्न नसकिएको प्रहरीले बताएको छ । अन्य ४ छोरीहरू भने अर्काे कोठामा सुतेको हुँदा सकुसल छन्।

मृतकको शब पोष्टमार्टमका लागि बिजुवार ल्याउने तयारी भईरहेको छ । खरको छाना हटाएर जस्तापाता लगाउन तयार पारिएको घर शनिबार राति एक्कासी भत्किएको हो । प्रहरी बिहान अबेला घटना स्थलमा पुगेको थियो ।

यस्तै डोटीमा भिरबाट ल’डेर एक महिलाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर मल्लका अनुसार दिपायल सिलगढी नगरपालिका–८ लडागडा सेटिगाउँ बस्ने २१ वर्षीया कलादेवी कडायतको भिरबाट लडेर मृत्यु भएका हो ।

गाउँ नजिकैको कोइरेलीगाड जङ्गलमा घाँस का’ट्न गएको समयमा भिरबाट ल’ड्दा घटनास्थलमै कडायतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । मृतकको शव अहिले परीक्षणका लागि जिल्ला अस्पताल डोटीमा राखिएको प्रहरीले जनाएको छ

मलाई श्रीमती र छोराछोरीको कुनै वास्ता छैन । पाल्न सक्छस् भने पाल पाल्न सक्दिनस् भने छतमा लगेर त ल झा’रिदे श्रीमानले यस्तो भनेपछि श्रीमती रुँदै मिडियामा आएकी छन् ।

पहिला त जसरी पनि छोराहरु हुर्काउँछु भन्ने लागेको थियो तर लकडाउनमा दुई छाक पनि खान दिन नसकेपछि उनले देह त्याग ग र्ने प्रयास पनि गरेकी थिइन् । उनका श्रीमान दुवईमा छन् ।

श्रीमानलाई हामीलाई समस्या भयो भनेर फोन गर्दा तेरो उमेर छंदै अर्को केटा खोजेर जा, पछि झन अप्ठेरो हुन्छ, मलाई तेरो मतलब छैन भनेर जवाफ दिएको श्रीमतीको भनाई छ ।

उनका दुई छोरा छन् । छोरालाई हुर्काउन र दुई छाक खान पनि दिन नसक्ने अवस्था भए पछि उनले आफ्नो समस्या सार्वजनिक गर्न मिडिया गुहारेकी छन् ।

पोखराकी यि महिलाका श्रीमान करिब ६ वर्ष देखि सम्पर्कमा छैनन् । उनले अर्कैसंग विवाह गरेर जा भन्ने जवाफ दिएर सम्पर्क विहिन भएका हुन् । उनीहरुले प्रेम विवाह गरेका थिए ।

निमकुमारी घर्ती अहिले पनि श्रीमानलाई सम्झेर रोइरहन्छिन् । कुरा गर्नु अघि नै उनको आँशु आउँछ । संगै हुँदा पनि तिमी पातली भयौ, नराम्री भयौ म अब सुन्दर र अलि मोटी युवती विवाह गर्छु भन्थे । माथिल्लो जातको विवाह गर्छु भनेर चेतावनी दिने गर्थे ।

उनी नेपालमै छंदा पनि अन्य युवतीको पछि लाग्ने गरेका थिए । अहिले पछिल्लो ३ वर्ष देखि दुवई गएपछि सम्पर्क विहिन भएका छन् । उनले ३ वर्ष अघि मेरो छोरालाई घरमा लगेर राखिदे तँ उमेर हुँदै अर्को केटासंग विवाह गरेर जा भनेर भनेको बताइन् । त्यस यता उनीहरुको सम्पर्क भएको छैन ।[][]

Related Articles

Back to top button