समाचार

ट्याक्टर र बस ठोक्किदा दर्जनौ घाइते

उखु बोकेको ट्याक्टरमा यात्रुबाहक बस ठोक्किँदा दुई दर्जन यात्रु घाइते भएका छन् । पूर्व पश्चिम लोकमार्ग अन्तर्गत सर्लाहीको हरिवनमा सो दुर्घटना हुदा घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर छ ।

बिहीबार राति भैरहवाबाट विराटनगर जाँदै गरेको लु २ ख ४७५७ नम्बरको बस दुर्घटनामा परेको हो ।

हरिवन-९, सुखेपोखरीमा बिग्रिएर रोकी राखेको ज २ त ७८१ नम्बरको ट्याक्टरमा बसले ठक्कर दिएको इलाका प्रहरी कार्यलय हरिवनले जनाएको छ ।

बाक्लो हुस्सु र कुहिरोका कारण बस ट्याक्टरमा ठोक्किएको आँकलन गरिएको छ।

घाइतेमध्ये एक पुरुष र एक महिलाको अवस्था गम्भीर रहेको र उनीहरूलाई थप उपचारको लागि वीरगन्ज रिफर गरिएको प्रहरीले जनाएको हो ।

बस चालकलाई सोधपुछका लागि प्रहरीले नियन्त्रणमा लिएको छ ।

ट्याक्टर चालकको पहिचान हुन सकेको छैन । घटनाबारे थप विवरण आउन बाँकी छ ।

 

काठमाडौं । बलिउड अभिनेत्री सुस्मिता सेनले हालै आफ्ना प्रेमीसँग अलग भएकी थिइन् ।

प्रेमी रोहमन शालसँगको ब्रेकअप गरेपछि अभिनेत्री सेन निरन्तर आफैंमा रमाउने प्रयास गरिरहेकी छिन् ।

हालै उनले आफ्नी छोरी रेने र अलिसासँग डान्स गरिरहेको एउटा भिडियो शेयर गरेकी छिन् । उक्त भिडियो क्लिपमा सुस्मिताका पूर्व प्रेमी रोहमन शालको कमेन्टले सबैको ध्यान खिचिरहेको छ ।

सुस्मिता सेन र छोरीको नृत्यमा उनका फ्यानहरुले पनि मायाको वर्षा गरिरहेका छन् । सुस्मित सेनले यसअघि रोहमन शालसँगको ब्रेकअपको घोषणा गरेका थिए ।

सँगै लेखिएको थियो सम्बन्ध टुट्यो तर मित्रता सधै रहिरहन्छ । उनको यो पोस्टबाट धेरै फ्यानहरुको मन दुखेको छ । अहिले उनको भिडियोमा रोहमनको कमेन्टमा फ्यानहरुले खुशी व्यक्त गरिरहेका छन् ।

सुस्मिता सेनका छोरीहरुसँगको उनको पछिल्लो भिडियो निकै चर्चामा छ । उक्त भिडियोमा सुश, रेने र एलिसा निकै जोशका साथ डान्स गरिरहेका छन् । सुस्मिताले क्याप्सनमा लेखेकी छिन्, ‘वर्कआउट गर्न मन लाग्दैन भने नाचौं । आफ्नो हृदय सुन्नुहोस्, आफ्नो बीट पछ्याउनुहोस्, आफ्नै धुनमा मट्किनुहोस्, कार्डियो भयो ।’

सुस्मिताको यो भिडियोलाई लाखौं पटक हेरिएको छ । यसबारे रोहमनले कमेन्टमा सुस्मिताकी कान्छी छोरीको तारिफ गर्दै लेखेका छन्, ‘अलिसा जताततै एलिसा हो ।’

रोहमनको प्रतिकृयामा एक सामाजिक सञ्जाल प्रयोगकर्ताले लेखेका छन्, ‘तिमी एकदमै सफा मन भएको मायालु व्यक्ति हौ ।’

रोहमनसँग ब्रेकअपको घोषणा गरेपछि सुस्मिता सामाजिक सञ्जालमा निकै सक्रिय छिन् । आफ्नो भर्खरको लाइभमा, उनले आफू माया भन्दा सम्मानलाई बढी महत्व दिने बताएकी थिइन् ।

सम्मान बिना माया हुन सक्दैन भन्ने पनि उनको भनाई रहेको छ । इज्जत छ भने माया फर्किने आशा हुन्छ । तपाईंलाई जानकारी गराउ कि अभिनेत्री सुस्मिता सेना एकल आमाका रूपमा रहेकी छिन् ।

Related Articles

Back to top button