समाचार

जर्मनीमा रहेका नेपाली जोडीको ब्ल्याकमेलमा मुछिएका साइग्रेसले भने’ मैले सहयोग मागिदिएको छैन’

काठमाडौँ : श्रीमती बिरामी भएको पुरानो भिडियो टिकटकमा राखेर इमोशनल ब्ल्याकमेल गर्दै पैसा उठाएको विवादमा तानिएका जर्मनीमा रहेका नेपाली जोडीसँगै जोडिए चर्चित कथा वाचक साइग्रेस पोखरेल।

उनले शाश्वत बमले आफ्नी श्रीमती दिया नेपालका बारेमा लेखेको कथा पढेर आफ्नो सुन्ने कथा युट्युब च्यानलमा राखिदिएका थिए। तर दिया अस्पतालमा नभई अपार्टमेन्टमा आइसकेकी थिइन् र उनको स्वास्थ्य बिमा भएकाले उपचारको सबै रकम बिमाबाट कभर भएको थियो।

उता शाश्वतले आफ्नो टिकटक अकाउन्टमा साइग्रेसको सुन्ने चिठी राखेर प्रयोगकर्ताहरूलाई इमोशनल बनाउँदै गोफन्डमार्फत पैसा उठाइरहेका थिए। गोफन्डमा ७२ हजार अमेरिकी डलरसम्म उठ्यो।

शाश्वत र दियाकै साथी मेलिना अधिकारी एकाएक टिकटक लाइभमा आएर शाश्वतले इमोसनल ब्ल्याकमेल गरेर पैसा उठाएको र दिया अहिले सन्चो भइसकेको भन्दै यी दुवैको पोल खोलिदिएपछि यो स्क्याम सार्वजनिक भयो।

लगत्तै साइग्रेसले त्यो कथा युट्युबमा प्राइभेट गरे। उनले भिडियो प्राइभेट गरेपछि फेसबुकमा भिडियो सन्देश राख्दै किन आफूले भिडियो प्राइभेट गरेको हो भनेर प्रस्टीकरण दिएका छन्

उनको प्रस्टीकरण सम्पा

साना कथाहरू आफैँले लेखेर पनि कथा वाचन गर्ने गरेको छु। कहिलेकाहीँ आएका कथाहरू पनि छानेर पढेर राख्ने गरेको छु। कथा छानेर राख्नका लागि तीन जना राइटर हुनुहुन्छ। अर्को एक जना सहयोगी पनि हुनुहुन्छ। त्यसरी कथा छानिएर मसम्म आइपुगेपछि चोरी भएको हो या हैन भनेर भेरिफाइ गर्ने गरेको छु।

मलाई इन्टाग्राम र टिकटकमा दियाको बारेमा धेरै ट्यगाहरु आउन थाले। यस्तो अवस्थामा भएकाको कथा पढेर सहयोग गर्न आग्रहहरू आए। अनि मलाई शास्वतजीले पर्सनल इमेल पनि गर्नुभयो। मैले धेरै कथाहरू छन् भ्याएमा पढ्छु भनेर रिप्लाई दिए। एक्कासि धेरै ट्यागहरू आयो।जर्मनीमा रहेका नेपाली जोडीले टिकटकबाट इमोसनल ब्ल्याकमेल गरेर उठाए झन्डै एक करोड, साथीले पोल खोलिदिएपछि विवादमा

भिडियो हेरेपछि दयनीय अवस्था देखे। मैले कथा पढ्दा कसैलाई रिलिफ हुन्छ भने ठिकै छ नि त भनेर कथा पढ्ने निर्णय गरे। कथामा पात्रको नाम गोप्य राख्ने र सहयोग माग्ने गरेको छैन। तर यो कथामा दुवै जनाको नाम छरपस्ट भइसकेको थियो। त्यसैले नाम लिएर वाचन गरे। बिरामी हुनुहुन्छ र उहाँलाई सन्तुष्टि दिन्छ भनेपछि पढेको हो। मैले शास्वतजीलाई वाट्सएपमा नम्बर मागेर कुराकानी गरे। चाहिएको जानकारी लिएर कथा सुरु गरेको हो।

भिडियो पब्लिस भएपछि उहाँहरूको साथी मेलिनाले कुरा गर्न चाहन्छु भनेर मेसेज पठाउनुभयो। कुराकानीमा गोफन्डबाट पैसा उठाएको कुरा थाहा पाए। हामी बसेको स्थानमा पनि उपचारका लागि इन्स्योरेन्स हुन्छ। त्यहाँ पनि उपचारका लागि पैसा चाहिँदैन। मैले तपाइको साथीलाई भन्नुस्। सहयोग नउठाउनुस् भने।

मेलिनाजीले केही दिनमा हामी केही गर्छौ भन्नुभयो। मेलिनाजीको भिडियो आएपछि मैले भिडियो प्राइभेट गरे। शास्वतजीलाई पनि यसबारे जानकारी गराए। भिडियो आइसकेपछि इथिकल्ली भिडियो राख्न सकिन। अब यो केस सल्भ नभएसम्म म भिडियो पब्लिस गर्दिन।यसमा कथा न्यारेट गर्दा आर्थिक सहयोग गर्नुस् भनेको छैन। गोफन्डको कुरा आएपछि भिडियो राख्न नैतिकताले नदिएपछि प्राइभेट गरेको हो।भिडियो

Related Articles

Back to top button