समाचार

उदयपुरको बेलकास्थित जरायो खोलामा मृत शिशु फेला, नजिकै भेटियो औषधीको झोला

उदयपुरको बेलकास्थित जरायो खोलामा मृत शिशु फेला, नजिकै भेटियो औषधीको झोला
उदयपुर । उदयपुरमा एक शिशुको श व फेला परेको छ । जिल्लाको बेलका नगरपालिका वडा नम्बर ९ स्थित मदन भण्डारी लोकमार्ग अन्तर्गत जरायो खोलामा शिशुको श व फेला परेको हो ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रवक्ता डीएसपी बेदप्रसाद गौतमका अनुसार भेटिउको मृत शि, शुको उमेर अन्दाजी ६ महिना जति देखिएको छ । आज (बुधबार) स्थानीयले बिहान १० बजेतिर देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

स्थानीयको खबरपछि इलाका प्रहरी कार्यालय रामपुर ठोक्सीलाको टोली घटनास्थल पुगेको थियो । जहाँ जरायो खोलाको दलदल क्षेत्रमा शिशुको श व छाडेर गएको अवस्थामा भेटिएको प्रहरीले जेठोखबरलाई जानकारी दिएको छ ।

लगतै परिचालन गरिएको प्रहरी पुग्दा घटनास्थल (शिशु भेटिएको) छेउमा एउटा जेब्रा झोलासमेत भेटिएको थियो । सो झोलाभित्र बिभिन्न औषधीहरु समेत फेला परेको उदयपुर प्रहरी प्रवक्ता गौतमको भनाई छ ।

जेब्रा झोलाभित्र भेटिएको औषधी सोही शिशुलाई उपचारको क्रममा प्रयोग गर्ने गरेको हुनसक्ने अनुमान गरिएको छ । मृत भेटिएको शिशु नवजात अर्थात तत्कालै जन्मने बित्तिकैको नरहेकाले उपचारको क्रममा बचाउन नसकेपछि कसैले आफूलाई सम्हाल्न नसक्दा छाडेर गएको हुनसक्ने स्थानीयको अनुमान छ ।

पानी जमेको ठाउँमा भेटिएको शिशु (पुरुष)को श व अहिले पोष्टमार्टमका लागि सुनसरीको धरानस्थित वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपा पठाइएको छ । स्वास्थ्य रिपोर्ट आएपछि थप जानकारी प्राप्त हुने डीएसपी गौतमले जानकारी दिए ।

यता जरायो खोला तथा सेती खोला क्षेत्र वरपरका सबै स्थानीयसँग बुझ्दा सो गाउँको बच्चा नभएको स्थानीयले बताएका छन् । नयाँ कपडा लगाएर नजिकै झोलाभित्र बिरामी हुँदा खुवाउने औषधीहरुसहित छाडीएको मृ त शिशुको श, व मदन भण्डारी लोकमार्गदेखि दक्षिण जरायो खोला कजवे छेउमा फेला परेको थियो ।जेठोखबर बाट साभार

Related Articles

Back to top button