समाचार

भ्वाइसका फाइनलिष्ट रुक्सानालाई अवसरै अवसर

मोरङ– नेपालको पहिलो रियालिटी शो द भ्वाइस किड्स अफ नेपाल–२०७८ को फाइनलिष्ट रुक्साना लिम्बुलाई पथरीशनिश्चरेमा सम्मान गरिएको छ । आज किरात याक्थुङ चुम्लुङ नगर शाखा पथरीशनिश्चरेले रुक्सानालाई सम्मान–पत्र सहित सम्मान गरेको हो ।

पछिल्लो समय निक्कै नै व्यस्थ रहेका गायक तथा संगीतकार देवीप्रसाद गुरुङको संगीतमा रहेको ‘किन यति धेरै माया बसेको‘’ बोलको गीत रुक्सानाले गाउने भएकी छिन् ।

कार्यक्रममा बोल्दै संगीतकार गुरुङले, रुक्सानाको उज्वल भविष्यको कामना गर्दै नन्दु गुरुङसंग डोयट गीत गाउने कुराको जानकारी दिएका थिए ।

यस्तै रुक्सानाले गायक तथा म्युजिक डाईरेकटर ताराबिर पाण्डे तिम्ले खुसी मारेर गयौ बोलको गीत रुक्सानासँग गाउने कुरा कार्यक्रम मार्फत् जानकारी दिएका थिए । रुक्सानाले आफूलाई भोट गरेर यहाँसम्म ल्याउनु हुने सम्पूर्णलाई यति धेरै मायाका लागि धन्यवाद प्रकट गरेकी थिइन् । रुक्सना संग गरीएको रमाईलो हेर्नुहोस्ः

Related Articles

Back to top button