समाचार

घरघरै रुघाखोकीका बिरामी बढ्दै गएपछि सिंगो गाउँनै त्रसित(हेर्नुस् )

काठमाडौं :- घरघरै रुघाखोकीका बि’रामी बढ्दै गएपछि भङ्गाहा–४ रामनगरमा चिन्ता छाएको छ । सो क्षेत्रमा यस वर्षको गत वैशाख र जेठ महिनामा मात्र २२ जनाको मृ’त्यु भएको बताइएको छ ।

घरघरमा रुघाखोकीका बिरामी थपिँदै गएपछि बस्तीमा चिन्ता छाएको हो ।सत्तरी वर्षीय इस्लाम राइन भन्नुहुन्छ, “अहिले घरघरै रुघाखोकीका बिरामी बढ्दा छन् ।” यद्यपि मृ’तकमध्ये पिसीआर परीक्षण तीन जनाको मात्र भएको थियो ।

“बिरामी भएपछि पी’सीआर परीक्षण सबैको नहुँदा कोरोना नै भन्ने त भएन, तर परीक्षण गरिएर कोभिड–१९ स’ङ्क्र’मण पु’ष्टि भएका मृ’तक र अन्य मृ’तकको बिरामी हुँदाको लक्षण मेल खाएपछि सबै को’रो’नाकै कारण भन्ने मानियो”, सो बस्तीका सामाजिक कार्यकर्ता रामईश्वर ठाकुर भन्नुहुन्छ, “बस्तीमा पी’सी’आर प’री’क्षण गरिँदा २०० हाराहारीमा को’भिड–१९ सङ्क्रमण पु’ष्टि भएको थियो ।”

भङ्गाहा–४ कै महिला स्वास्थ्य स्वयंसेविका दीपमाया श्रेष्ठ भन्नुहुन्छ, “रुघा’खोकी बढेको हुँदा मान्छेको मन आत्तिएको हो, आत्मसंयम र उ’पचार भने गरिनुपर्छ ।” बस्तीमा रुघा’खोकीका बिरामी बढेपछि घर’घरै पानी तताएर खान, तुलसीको पात, सिन्कौलीको पात, बेसार र अदुवा हालेर उमालिएको पानी खान स्वयंसेवी युवाले सल्लाह दिँदैछन् ।

“हामी स्वास्थ्य मा’पदण्ड निर्वाह गर्दै चिसो स्याँठबाट बच्न, काम नपरी घर बाहिर ननिस्कन, ताजा र झोलिलो खाना खान र स्वास्थ्य समस्या बढ्नासाथ स्वास्थ्यचौकी पुग्न घरघरै पुगेर सल्लाह दिइरहेका छौँ”, बस्तीका सामाजिक कार्यकर्ता नारायण दाहालले भन्नुभयो ।जिल्लामा अहिले यो बस्तीमात्र नभएर सबैतिर रुघाखोकीका बिरामी बढेका छन् । खासमा चिसो मौसमका कारण यो समस्या बढेबीच नै कोरोना स’ङ्क्रमण पनि बढ्दै गएका जताततैका खबरले बस्तीमा चिन्ता छाएको देखिन्छ ।

Related Articles

Back to top button