समाचार

एकजना श्रीमानको ११ जना श्रीमती,सुत्केरी भएकी श्रीमतीलाई बि’चल्ली(भिडियो हेर्नुस)

झापा जिल्लाको दमक उपमहानगरपालिका ८ घर भएकी रमा नेपाली आफुलाई श्रीमानले अस्पतालमा छाडेर हिँडेकोको भन्दै मिडियामा आएकी छिन । श्रीमान कृष्ण हस्पिटलमा आफुलाई छोडेर पैसा लिएर आउँछु भनेर हिँडेको तर अहिलेसम्म सम्पर्कमा समेत नआएको रमाको भनाई छ । आफुले कृष्णसगँ वैशाखमा मागेर नै बिहे गरेको उनले बताएकी छिन । घरमा आफ्नो सम्बन्ध राम्रो नै भएको बताईन । साथै श्रीमानले पनि पहिले पहिले राम्रो व्यावहार गर्ने गरेको रमाले बताएकी छिन् ।

श्रीमान कृष्णले पहिले पनि अर्को बिहे गरेको रमाले बताएकी छिन । पहिलेको श्रीमतीले आफु विदेश हुँदा कमाएको सबै पैसा खाएर अर्को सँग गएकी हो भनि कृष्णले भनेपछि आफुले बिहे गरेको रमाले बताएकी छिन । कृष्णको अर्को पट्टी २ जना छोरी भएको रमाले बताएकी छिन । कृष्णसँग कहिलेकाही भने झगडा पहिले देखि पर्ने गरेको रमाले बताएकी छिन । पैसा कमाउने तर नदेखाउने गरे पछि भने झगडा हुने गरेको साथै कहिलेकाही श्रीमानले कुटपिट गर्ने गरेको रमाले बताएकि छिन ।

हस्पिटलमा बहिनी रमालाई छोडेर ज्वाईं फरार भएपछि आमा र आफू हस्पिटल आएर बहिनिलाइ कोठामा लगेको रमाकी दिदी दिलमायाले बताएकी छिन । सबै आफ्नो आफ्न्ता मिलेर नै बहिनीको बिहे गराई दिएको रमाले बताएकी छिन् । हेर्दा राम्रै देखिने कृष्णलाई बिबाह गर्ने बेला आफ्ना आफ्न्ता लिएर आउनु भन्दा कृष्णले आफन्तसगँ राम्रो सम्बन्ध नभएको भनी बताएको दिलमायाको भनाई छ । ज्वाइँको विश्वासले हामिले बिहे गरेर रमालाई दिएको दिलमायाले बताएकी छिन ।

रमालाई दिदी दिलमायासँग हस्पिटल छोडेर ज्वाइँ कोठामा आएर सुतेको रमाकी आमाले बताएकि छिन । ज्वाइँ र आफू एउटै कोठामा सुतेको भएकाले रातिको ४ बजे ज्वाईंलाई आफुले बोलाएर उठाएको सासुले बताएकी छिन् । उठेर म रमालाई फेर्ने लुगा छैन किनेर ल्याईदिन्छु र कोइला पनि लिएर आउँछु अनि तपाई र म अस्पताल जानू पर्छ भनेर कृष्ण हिडेको उनले बताईन । तर फर्केर नआएको रमाकी आमाको भनाई रहेको छ ।

१४ महिना सम्म कृष्ण सँग बस्दा जहिले पैसा छैनन् साउले पैसा दिएन मात्र भने गरेको रमाले बताएकी छिन् । कृष्णले पहिलेकि एकजना मात्र नभएर अन्य थुप्रै श्रीमती बिबाह गरेर छोडेको कृष्ण कै कान्छो भिनाजुले भनेको रमाले बताएकी छिन । जम्मा ११ जना श्रीमती ल्याइ सकेको र श्रीमती ल्याउँदै यसरी नै छोडेर हिड्ने गरेको भनी आफुहरुले अहिले थाहा पाएको रमाको भनाई छ । यसरी सबैको जीवन बर्बाद पार्दै हिड्नेलाई खोजेर सजाय हुनु पर्मे रमाको भनाई छ । (भिडियो हेर्नूस)

Related Articles

Back to top button