समाचार

सडकमा नाङ्गो भेटीएकी भाइरल पुष्पाको चित्कार: आमा यादले धुरुधुरु रोइन, श्रीमानले छाडेकै कारण यो हालत(भिडियो सहित हेर्नु*होस)

कृपया यो पनि पुरा पढ्नुस् दराजका पूर्व एमडी भन्छन्ः फेसबुकबाट सामान बेच्नेले गर्दा ई-कमर्सकै विश्वास घट्योसन २०१८ को सेप्टेम्बरमा प्रमुख व्यावसायिक अधिकृतको रुपमा दराज नेपालमा आएका जर्मन नागरिक लिनो अलरिङले त्यसको चार महिनापछि कम्पनीको प्रबन्ध निर्देशक बने । करिब सवा तीन वर्ष दराज नेपालको कार्यकारी प्रमुखको रुपमा भूमिका निर्वाह गरेका उनी अमेजनकी पूर्व कर्मचारी आँचल कुँवरलाई आफ्नो जिम्मेवारी सुम्पिएर बिदा हुँदैछन् ।

नेपालको मुख्य ई-कमर्स कम्पनीको रुपमा रहेको दराजमा अलरिङले यो साढे तीन वर्षको अवधिमा गरेको अनुभव तथा भोगाइ, नेपालको ई–कमर्स उद्योगको अवस्था, नीतिगत कठिनाइ र उनको आगामी यात्राको विषयमा टेकपानाका लागि गोपाल साउदले गरेको कुराकानीको अनुवादित एवम् सम्पादित सार । दराज नेपालको प्रबन्ध निर्देशकको रुपमा साढे तीन वर्षीय कार्यकाल सकाएर जाँदै हुनुहुन्छ । आफ्नो कार्यकाललाई कसरी मूल्याङ्कन गर्नुहुन्छ ? सायद, मैले

आफ्नो कार्यकाल आफैँले मूल्याङ्कन गर्नु ठीक हुँदैन । मलाई लाग्छ, अरुले यसको मूल्याङ्कन गर्दा उपयुक्त हुन्छ होला । तर पनि मैले भन्नुपर्दा मेरो साढे तीन वर्षे कार्यकाल रोमाञ्चक रह्यो भन्ने गरेको छु ।किनकी हाम्रो यात्रा एकदमै द्रुत थियो र यो बीचमा आएको महामारीले धेरै कुरामा फरक पार्‍यो । तर, महामारीको बेलामा पनि हाम्रो जस्ता उद्योगहरू फस्टाएका कारण यसलाई म सुखद् संयोग मान्छु ।महामारीको बेलामा पनि बिक्रेताहरूलाई अनलाइनमा ल्याएर

उपभोक्ताले खोजेको सामान दिलाउनु हाम्रो जिम्मेवारी थियो । यो बीचमा धेरै कुरा परिवर्तन भएको हामीले देखेका छौँ ।अलिबाबाले दराज सुरु गर्दा यो स्टार्टअप चरित्रको थियो । सानो टिम थियो, सानो अफिस थियो । तर, अहिले हामी स्टार्टअप रहेनौँ । अहिले हामी हरेक घरघरमा सुनिने नाम बन्ने क्रममा छौँ ।अहिले एक हजार बढी जनाको टिम भएको ठूलो कम्पनी बनेका छौँ । हामीसँगै हाम्रो प्लेटफर्ममा जोडिनु भएकाहरूमा पनि ठूलो परिवर्तन आएको छ ।

Related Articles

Back to top button