समाचार

कर्मचारीमा कोरोना देखिएपछि काभ्रे मालपोतको सेवा पाँच दिनको लागि स्थगित

बनेपा, १० माघ- मालपोत कार्यालय धुलिखेलमा कार्यरत केही कर्मचारीमा कोरोना सङ्क्रमण देखिएपछि कार्यालयको सेवा पाँचदिनका लागि स्थगित गरिएको छ । कार्यालयको आन्तरिक प्रशासनिक भने सञ्चालन हुने जनाइएको छ । कोरोनाको प्रभावका कारण यसअघि जिल्ला प्रशासन कार्यालय लगायत केही स्थानीय तहले समेत केही दिनका लागि आफ्नो सेवा स्थगित गरिसकेका छन् ।

सङ्क्रमण दर वृद्धि हुँदै गएपछि काभ्रेपलाञ्चोक जिल्ला प्रशासनले सार्वजनिकस्थलमा भीडभाड नगर्न, सार्वजनिक सवारी साधनमा यात्रा गर्दा अनिवार्य मास्क लगाउन र काम परेर बाहिर निस्कँदा अनिवार्य स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर मात्रै हिँडडुल गर्न आग्रह गर्दै यसको परिपालना गर्नसमेत कडाइ गर्न थालेको छ । स्वास्थ्य कार्यालयका अनुसार आइतबारसम्ममा एक हजार ३०३ जना सङ्क्रमित भएका छन् । (रासस)

कुकुरले नाचेर नै मानिसलाई पल्दै आएको सुन्दा अचम्म लाग्न सक्छ । सामान्यतया कुकुर घर पालुवा जनावारमा पर्छ । तर एक कुकुरले दुई बृद्धअबश्था भएका मानिसलाई पाल्दै आएको घटना साचो हो । ७० वर्षका बुवा र ६७ वर्षकि आमा अहिले आफुहरुलाई कुकुरले पाल्दै आएको बताउछन । पहिले आफ्ना छोराछोरी कोहि नहुदाँ त्यहीँ कुकुरलाई नै आफ्नो छोरा सम्झेर पाल्दै आएको तर अहिले यहि कुकुरले नै आफुहरुलाई पाल्दै आएको बवाले बताएका छ्न । विभिन्न ठाउँमा कुकुर गोरेले नाचेर पैसा कमाउने गरेको उनले बताए ।

अहिले यहि कुकुरले नाचेर कमाएको पैसाले नै आफुले श्रीमतिको औषधि उपचार पनि गर्दै आएको ति बुवाले बताएका छ्न । आफ्नो कुकुर सबै कुरा बुझ्ने भएको उनले बताए । अहिले त आफ्नै सन्तान जस्तै भएको र आफुहरुको दुख कुकुरले देख्न नसक्ने बुबाको भनाई छ । आफुहरुको छोराछोरी जे भने पनि बाच्ने सहारा यहीँ गोरे नै बनेको बुवाले बताउँछन । मानवको बरु यति बुद्धि छैन होला तर कुकुर भएर अनि यति धेरै बुझ्ने भएको बुवा बताउँछन ।

Related Articles

Back to top button